मिस नेपाल युएस अगस्ट १९ मा, च्यारिटी पार्टनर सोरवे फाउण्डेशन


प्रकाशित मिति : असार ५, २०७५ मंगलबार

आगामी अगस्ट १९ मा हुने मिस नेपाल युएसको अफिसियल च्यारिटी पार्टनर नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसी कार्यकारी निर्देशक रहेको सोरवे फाउण्डेशन हुने भएको छ ।

मिस नेपाल युएसको छैठौं संस्करण अमेरिकाको टेक्सास राज्यको डालस शहरमा हुनेभएको छ । नेपाल ११ इन्टरटेनमेन्टको ब्याबस्थापनमा हुने मिस नेपाल अमेरिका २०१८ का लागि १८ देखि २९ बर्ष उमेर समुहका अमेरिकामा रहेका इच्छुक नेपाली युवतीहरुका लागि सहभागिताको आवेदन फारम आब्हान गरिएको छ ।

अनलाईन फाराम भने मिसनेपाल युएस डटकममा उपलब्ध गरिएको छ । प्रतियोगिताको विजयीलाई पाँच हजार अमेरिकी डलर धन राशीले सम्मान गरिने छ साथै सोरवे फाउण्डेशनको सद्भाव राजदूतका रुपमा सेवागर्ने मौका पाउनेछन् ।

सन् २०११ देखि अमेरिकाको न्यू योर्क शहरबाट शुरु गरिएको मिस नेपाल युएस कार्यक्रमका संस्थापक अमेरिकामा चर्चित नेपाली युवा व्यवसायी अमित शाह हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा रहेका नेपाली युवतीहरुमा लक्षित सौन्दर्य र बौद्धिकता मापनको प्रतिस्पर्धात्मक कार्यक्रम मिस नेपालयुएसले ईम्पावरिङ्ग युथ, प्रोमोटिङ नेपाल मूल नारा अघी सार्दै आएको छ भने अमेरिकास्थित नेपालीहरुमासामाजिक साँस्कृतिक सचेतता र सद्भाव प्रवद्र्धन गर्ने उद्देश्यलाई कुनै न कुनै रुपमा आत्मसात गर्दै आएको छ ।

विगतका दिनहरू झैँ अमेरिका नेपाली समुदायले देखाएको माया, सहयोग र स्नेह प्रति हार्दिक आभार प्रकट गर्दैआगामी दिनमा पनि माया र सहयोगको आशा गरेको कुरा कार्यक्रमका संस्थापक अमित शाह जानकारी गराए ।

नेपालस्थित ई प्लानेट प्रालिको सहकार्यमा अमेरिकास्थित इभेन्ट प्लानेट इन्कको आयोजनामा गएको पाँच वर्षदेखिनिरन्तर रुपमा आयोजनाहुँदै आएको मिस नेपाल युएस सुन्दरी प्रतियोगिताको हालसम्मका विजेताहरुमा सन् २०११ मा न्युयोर्क शहरमा सम्पन्न पहिलो मिस नेपाल युएस प्रतियोगिताबाट वासिंटन डिसीकी सुजिता बस्नेत प्रथम विजेता बन्न सफल भएकी थिइन् ।

सन् २०१२ मा वासिंटन डिसीमा सम्पन्न दोस्रो प्रतियोगिताबाट भर्जिनियाकी आस्था श्रेष्ठ विजयी भएकी थिइन् । सन् २०१३ मा न्यू योर्क शहरमा सम्पन्न तेस्रो मिस नेपाल युएस सुन्दरीप्रतियोगिताबाट न्यू योर्क टेक्सासकी बर्तिका राई बिजेता बनेकी थिईन् भने सन् २०१४ मा न्यू योर्क शहरमा सम्पन्नचौंथो सुन्दरी प्रतियोगिताबाट ओहायो राज्यकी २७ बर्शिय खुश्बु मिश्र बिजयी बनेकी थिईन् ।

त्यसैगरी, सन् २०१५ मान्यू योर्क शहरमै सम्पन्न पाँचौं सुन्दरी प्रतियोगिताबाट नर्थ क्यारोलिनाकी प्रियंका थपलिया बिजयी बनेकी थिईन् ।

२०११ मा मिस नेपाल युएसको नामबाट सुरु भएको यो प्रतियोगिता २०१५ सम्म सुचारुरुपले प्रत्येक वर्ष आयोजनाभएको थियो । प्रतियोगितालाई सभ्य र भव्य वनाउन डलास क्षेत्रवरपर रहेकाविभिन्न संघ संस्थाहरुसग समेत सहकार्य गरेर अघि वढ्ने स्थानीय व्यवस्थापन गरिरहेको नेपाल ११ इन्टरटेइमेन्टकाप्रतिक सुवेदीले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com