टीपीएस सकिनु अगाडि अपनाउनुपर्छ यस्ता उपाय : खगेन्द्र जीसी, कानुन व्यवसायी


प्रकाशित मिति : असार ३, २०७५ आईतबार

नेपालीका लागि अमेरिकी सरकारले दिएको टीपीएस सुविधा किन थपिएन होला ?

नेपालको काँचो टीपीएसलाई पाक्नु भन्दा अगाडि नै निमोठ्ने प्रयास भएको हो । अमेरिकामा बस्ने नेपालीहरुले लागेपुगेसम्म टीपीएसको अवधि थपाउन प्रयत्नहरु गरेकै हुन् । विभिन्न ठाउँबाट अपिल र आब्हान पनि गरेकै हुन् । तर होमल्याण्ड सेक्युरिटीका सेक्रेटरीले गरेको घोषणाबाट पनि के कुरा स्पष्ट छ भने टीपीएसको अवधि नथप्नुको कारण यसबारे पनि सिफारिसका कारण टीपीएस नथपिएको बताइएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले कस्को सिफारिसमा टीपीएसको अवधि थपेन भन्ने विषय पनि महत्वपूर्ण छ । नांगो आँखाले हेर्दा समेत नेपाल अझै भुकम्पबाट रिकभर भइसकेको छैन । कुनै पनि अध्ययनले नेपालमा भूकम्पपछिको पुननिर्माण पूर्ण भएको देखाएको छैन । यसो हुँदा हुँदै पनि गलत रिपोर्ट श्रृजना गर्ने काम भएको छ । पुननिर्माणको काम १२ प्रतिशतभन्दा पनि कम छ । यो अवस्थामा अमेरिकी सरकारलाई गलत रिपोर्ट बुझाउने संस्थाहरु को हुन् भन्नेबारे बुझ्न जरुरी छ ।

नेपालको सरकारका तर्फबाट पनि टीपीएस थप गराउन खास पहल नभएको जस्तो देखिन्छ नि ?

सरकारका तर्फबाट टीपीएसको अवधि थप गराउन आधिकारिक पत्र पठाएको देखिन्न । विगतमा राजदूतले पत्र पठाएको कुरा आएको थियो । तर यसपटक त्यस्तो केही देखिएन । नेपाली दूतावासले पहल गरेको भन्ने कुरा सुन्नमा आएपनि नेपाल सरकारले औपचारिक रुपमा कुनै लिखित अनुरोध गरेको जस्तो देखिन्न । नेपाल सरकारका तर्फबाट टीपीएस थपिदा नेपालको पर्यटन र लगानीमा असर पर्छ भनेर भएको कुरा लुकाउन खोज्ने ननसेन्स कुरा हो । त्यस्तो आधारमा देश चलाउन खोज्नेहरुले देशलाई नकारात्मक दिशातिर लग्न खोजेको देखिन्छ । टीपीएसपछि नेपालको रेमिट्यान्स बढेको छ । प्रान्तमा पैसा नभएका कारण नेपालले सरकारी कामकाज गर्न नसेकेका कुराहरु बाहिर आइरहेका छन् । यो अवस्थामा विदेशी लगानी भित्राउने सन्दर्भमा नेपाल सरकारको क्रेडिट रेटिंग नै छैन । त्यतातिर पहल नगर्ने तर भूकम्पपछि १२ प्रतिशतमात्र पुननिर्माण हुँदै सबै रिकभर भइसक्यो भनेर गलत विवरण दिएर लुकाउन खोज्ने काम भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टीपीएसको अवधि अब सन् २०१९ को जुन २४ मा सकिदैछ । अब यो अवस्थामा टीपीएसमा रहेका नेपालीहरुले के गर्ने ?

हो, सन् २०१९ को जुन २४ मा नेपालीलाई दिएको टीपीएस अन्त्य हुँदैछ । तर अमेरिकी सरकारलाई दिइएका गलत प्रतिवेदन र सुझावका आधारमा टीपीएस अन्त्य हुँदैछ । गलत प्रतिवेदन बुझाएर अमेरिकी सरकारले त्यस्तो निर्णय लिएको हो भने त्यो प्रतिवेदन गलत रहेको प्रस्ट पार्न सकेको खण्डमा भूकम्पबाट नेपाल रिकभर नभएको अवस्था जानकारी गराउन सकेमा अमेरिकी सरकारले आफ्नो निर्णयमा पुनरावलोकन पनि गर्न सक्छ । त्यसका लागि पनि अझै पहल गर्न जरुरी छ ।

अर्कोकुरा, टीपीएसमा रहेकाहरुले स्टेटस परिवर्तन गर्न सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ । त्यसका लागि १ बर्षभित्र त्यो काम गर्नुपर्छ । टीपीएसको अवधि सकिनासाथ सबै ९ हजारलाई तुरुन्तै प्लेनमा हालेर अमेरिकाबाट देशनिकाला गरिन्छ भन्ने भ्रमहरु पनि फैलाइएको छ । ९ हजारमा पनि विभिन्न क्याटेगोरीका व्यक्ति छन् । विभिन्न भिसामा भएका व्यक्ति टीपीएस सकिएपनि पुन भिसामा नै फर्कन सक्ने अवस्था छ । उनीहरुलाई देशनिकालाको कुनै डर हुँदैन । एसाइलम पेन्डिंग अवस्थामा रहेकाहरुले पनि एसाइलममा फर्कन सक्नेछन् ।

तर पहिले नै देशनिकालाको आदेश पाइसकेका झण्डै १५ सय जति छन् । उनीहरुले के गर्ने ?

जुन व्यक्तिले देशनिकालाको आदेश पाइसकेको छ र त्यो व्यक्ति टीपीएसमा छ भने पनि त्यस्तो व्यक्ति एड्भान्स परोलमा अमेरिकाबाहिर गएर आउँदा उसको अन्तिम आगमनको रेकर्ड प्रभावकारी हुन्छ । अन्तिमपटक अमेरिका आउँदा उसको आगमन वैध नै हुने भएकाले त्यस्ता व्यक्तिले पनि फाइदा लिनसक्छन् । देशनिकालाको आदेश पाइसकेका टीपीएस होल्डरहरुले एड्भान्स परोलमा अमेरिका छाडेर अमेरिकाभित्र पुन आउँदा नयाँ सम्भावनाको बाटो समेत खुल्छ ।

कुनै व्यक्ति गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका आएको छ तर उसको मुद्दा अस्वीकृत भइसकेको छ भने त्यो व्यक्ति टीपीएस मार्फत एड्भान्स परोल लिएर अमेरिका बाहिर गएर आउँछ भने उसको अन्तिम आगमनलाई वैध मानिन्छ । यो १४ महिनाको अवधिमा समेत कुनै व्यक्ति अमेरिकाबाहिर गएर पुन फर्केर नयाँ केस फाइल गर्न सक्छ ।

कुनै व्यक्ति अमेरिकामा आएर कुनै अध्यागमन सुविधाका लागि आवेदन नदिएको तर टीपीएस लिएको भएमा त्यस्ता व्यक्तिका लागि के उपाय हुन्छ ?

त्यस्ता व्यक्तिले यो १४ महिनाभित्र नै केही गर्नुपर्छ । अन्यथा टीपीएस सकिएपछि उनीहरु देशनिकालामा पर्ने वा नपर्ने भन्ने विषय आउँछ । कानुनी प्रावधान अनुशार त्यो व्यक्तिलाई अदालतबाट देशनिकालाको आदेश आउनुपर्छ । टीपीएस सकिएका आधारमा भोलि नै विमानस्थलमा लगेर देशनिकाला गर्न मिल्दैन । कानुनी प्रावधानहरु पूरा गर्न समय लाग्छ । त्यसैले टीपीएस सकिएपछि पनि कस्ता उपायहरु अपनाउन सकिन्छ भन्नेबारे कानुन व्यवसायीहरुसँग सम्पर्क गरेर सल्लाह लिनुपर्ने हुन्छ ।

विद्यार्थी वा अन्य कुनै भिसामा अमेरिका आएर भिसा सकिएका व्यक्तिले टीपीएस लिएका भएमा टीपीएस सकिएपछि उनीहरु गैरकानुनी स्टेटसमा आउँछन् । त्यसैले टीपीएस सकिनु अगाडि नै उनीहरुले विभिन्न उपायहरु अपनाउन सक्छन् । त्यस्तै भिसा नसकिदै टीपीएसमा गएका भिजिटर भिसा होल्डरलाई एकबर्षको सिमा नलाग्ने भएकाले उनीहरु योग्य भएको खण्डमा एसाइलम पनि फाइल गर्न सक्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com