चन्दाको ठेलीसहित विप्लव समूहका कार्यकर्ता पक्राउ


प्रकाशित मिति : असार ३, २०७५ आईतबार

चन्दा उठाउनका लागि ठेलीसहित विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ता पक्राउ परेका छन ।

आइतबार विहान त्रिपुरासुन्दरी नगरपालिकाको सुपानी भन्ने ठाउँबाट डोल्पा जिल्ला मुड्केचुला गाउँपालिका वडा न २ का १९ बर्षिया सूर्य बम ठकुरी पक्राउ परेका हुन ।

चन्दा संकलन गर्नका लागि जुफाल जानका लागि सुपानीमा आउँदै गर्दा नेपाल प्रहरीले पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोल्पामा ल्याएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिएका छन् ।

ठेली भने एउटा पनि नकाटिएको र यसरी अवैध रुपमा चन्दा संकलन गर्न नमिल्ल्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएको पनि शर्माले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com