नेपाल कम्युनिष्ट पार्टीद्वारा ट्रम्प र किम जोङ भेटवार्ताको स्वागत ( पत्रसहित )


प्रकाशित मिति : जेष्ठ ३१, २०७५ बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच भएको भेटवार्ताको स्वागत गरेको छ ।

अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका बीचमा शान्ति, समृद्धि र निशस्त्रीकरणका लागि भएको चारबुँदे सम्झौताले कोरियाली प्रायद्वीपका साथै विश्वमा शान्ति कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेकपाले अपेक्षा लिएको छ ।

हालैका दिनमा कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि भएका प्रयासहरुमा यस शिखर वार्ताले भविष्यका लागि समेत मार्गदर्शन गर्ने हाम्रो विश्वास रहेको नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘मुलुकहरुका बीचमा देखा पर्ने कुनै पनि समस्याको समाधान आपसी सम्वादका माध्यमबाट शान्तिपूर्ण ढंगले खोज्न शिखर वार्ताले समस्त विश्वलाई अभिप्रेरित गरेको छ’ विज्ञप्तीमा भनिएको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

सहमति भएका विषयहरुलाई कार्यान्वयन गर्ने र आपसी हितका बाँकी विषयहरुमा थप समझदारी गर्दै जाने कुराले कोरियाली प्रायद्वीपमा दिगो शान्ति कायम गराउने भन्दै यस्ता वार्तालाई निरन्तरता दिदै आगामी दिनमा शान्ति स्थापनाका क्षेत्रमा निर्णायक कदम चालिने अपेक्षा गरेको नेकपाले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com