Follow @khasokhasmag

खेलाडीलाई हस्तमैथुन गर्न पोर्चुगलका गोलकिपरकी पत्नीले दिइन् सुझाव


प्रकाशित मिति : जेष्ठ ३१, २०७५ बिहीबार

पोर्चुगल टिमका गोलकिपर रुइ प्याट्रिसिओकी पत्नी भेरा रिबेइरोले विश्वकप खेल्ने खेलाडीहरुलाई आफ्नो प्रदर्शनमा सुधार ल्याउन हस्तमैथुन गर्न सुझाब दिएकी छन्।

सेक्स थोरापिस्टसमेत रहेकी उनले सेक्सबाट पर नहुन सुझाब दिएकी खबर आजको शुक्रबार साप्ताहिकले छापेको छ। उनले भनेकी छन्, ‘खेलाडीहरुले हस्तमैथुनबाट तनाव र बेचैनीलाई राम्रोसँग व्यवस्थापन गर्न सक्छन्।’

खेलअघि खेलाडी यौन क्रियाकलापमा सहभागी भए त्यसको नकारात्मक प्रभाव प्रदर्शनमा पर्छ भन्ने ठानिन्छ। तर उनले भनेकी छन्, ‘यौन गतिविधि छाड्दा केही सकारात्मक परिणाम नै हुन्छ भन्ने छैन।’

यसअघि ब्राजिलियानी फुटबल टिमका चिकित्सक रोड्रिगो लस्माले विश्वकपको समयमा खेलाडीको यौनजीवनको ट्रयाक गरिने बताएका थिए।

‘यौन प्राकृतिक विषय हो,’ उनले भनेका छन्, ‘हाम्रो टिममा राम्रो स्वास्थ्य अबस्था भएका उत्कृष्ट युवा खेलाडी छन्। उनीहरुले तनाव कम गर्न र रिल्याक्स हुन हस्तमैथुन गर्छन् भने यसलाई हामीले कुनै समस्या देख्नु हुँदैन।’

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com