विश्वकप फुटबलको दौरानमा असामाजिक क्रियाकलाप गर्नेलाई कडा कारवाही गर्ने प्रहरीको चेतावनी


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

विश्वकप फुटबलको दौरानमा असामाजिक क्रियाकलाप, होहल्ला र झैझगडा लगायतका आपराधिक गतिविधि गर्नेलाई प्रहरीले कडा कारवाही गर्ने भएको छ ।

विश्वकप फुटबल नजिकिएसंगै झै झगडा लगायतका आपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै प्रहरीले सुरक्षा सतर्कता समेत बढाएको छ । राति अबेर सम्म मदिरा सेवन गरी होहल्ला गर्ने, विश्वकपको बहानामा अन्य अनैतिक क्रियाकलाप, अवाञ्छित गतिविधि गर्ने, बाजी लगाउनेलगायतका कार्यमा संलग्नलाई कडा कारबाही गर्ने महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

प्रहरीले शान्ति सुरक्षा नखल्बलिने गरि शाान्त वातावरणमा विश्वकप फुटबलको मनोरञ्जन लिन समेत सर्वसाधारणलाई अपीले गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com