काठमाडौंको जडिबुटी क्षेत्र तनावग्रस्त, प्रहरीद्धारा वैकल्पिक बाटो प्रयोग गर्न आग्रह


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

काठमाडौंको जडिबुटी अहिले तनावग्रस्त बनेको छ । बुधवार विकान टिपरले स्कुटरमा ठक्कर दिँदा एक महिलाको मृत्यु भए पछि सो क्षेत्र तनावग्रस्त बनेको हो ।

बा ४ ख ३५५८ नम्बरको टिपरले बा ७० प ९३९९ नम्बरको स्कुटीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । स्कुटर चालक महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु भएकी महिलाको सनाखत हुन सकेको छैन। आक्रोशित स्थानीयबासीले टिपरमा आगजनी गरेका छन्।

यसैबीच ट्राफिक प्रहरीले जडिबुटीमा भएको सडक दुर्घटनाको कारण पेप्सिकोला , कोटेश्वरबाट र लोकन्थलीबाट जडिबुटीतर्फ जाने सवारी साधनहरु प्रभावित भएकाले वैकल्पिक रुटको प्रयोग गर्न अनुरोध गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com