दीपा श्री निरौलाका धर्म बा भिमबहादुरको निधन, यस्तो छ सम्हाल्नै नसकिने घरको अवस्था (भिडियो)


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

बरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि छाती, फोक्सो लगायत समस्याबाट पीडित उनको गएराती २ बजे आफ्नै घरमा निधन भएको हो ।

निधन भएसँगै अहिले उनको अन्तिम श्रृद्धाञ्जली गर्नका लागी उनको पार्थिव शरिरलाई आर्यघाट पु¥याइएको छ । श्रद्धाञ्जली दिनका लागी थुप्रै कलाकारहरुको उपस्थिती देखिन्छ ।

कलाकार थापाले दर्जनौ फिल्म, टेलिफिल्म र रेडियो नाटकमा अभिनय गरेका छन् । हाँस्य टेलिफिल्म ‘तीतो सत्य’ मा काम गरेपछि उनको लोकप्रियता थप चुलिएको थियो । कलाकार थापा, हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौलाका ‘धर्म बा’ समेत हुन् । उनी कलाकारितामा प्रवेश गर्नु अगाडि नेपाली सेनामा पनि कार्यरत थिए ।
उनको घरमा देखिएको सम्हाल्नै नसकिने अवस्था भिडियोमा हेर्नुहोस् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com