वीपी राजमार्गबारे संसदमा बहस – राजमार्ग फिल्म सुटिङ र सेल्फि खिच्नका लागि मात्र होइन


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

सांसद गणेश पहाडीले विपि राजमार्गमा यात्रुबस र मालवाहक सवारी साधन नचल्दा त्यस क्षेत्रका जिल्लाबासी प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बुधबार व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै सांसद पहाडीले कुनै पनि विषयमा निर्णय लिंदा त्यसको प्रभावको अध्ययन र मुल्यांकन गर्न पनि सचेत गराउनुभयो । विपी राजमार्गमा मालवाहक बस र यात्रु बस चल्न रोक लगाउने सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण केही दिन देखि सिन्धुली, रामेछाप, ओलखढुङा, दोलखा, सोलु लगायतका बासिन्दाको जनजिवन अस्तव्यस्त हुनुको साथै मंहगी बढेको भन्दै उहाँले त्यस तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

विपि राजमार्गमा सवारी संचालनमा रोक लगाए लगत्तै ग्रामीण कच्ची सडकमा समेत साना गाडी चल्न नसक्ने अवस्थाका कारण सिन्धुलिको सदरमुकाम र ९ वटै स्थानीय तहसंगको सम्बन्ध र सम्पर्क विच्छेद भएको भन्दै उहाँले विवेक पुर्ण निर्णयका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो “अहिले सिन्धुलीका जनताहरु प्रश्न गरिरहेका छन् । के राजमार्ग भनेको सेल्फि खिच्न र फिल्म सुटिङ गर्नका लागि मात्रै हो ? कि यातायात चल्नका लागि पनि हो?”

सवारी साधन संचालनमा रोक लगाउने निर्णयले वर्तमान सरकारको नीति तथा कार्यक्रममा समावेश १ बर्ष भित्र भुकम्प पीडीतलाई छानो मुनि ल्याउने र राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग ५ बर्ष भित्र सम्पन्न गर्ने भनि गरेको संकल्प पुरा हुन नसक्ने ठोकुवा गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका विकासमैत्री हुन सकेनन भने सम्वृद्धि सम्भव नहुने भन्दै उहाँले सभामुख माफर्पत सरकार संगै राज्यका सबै निकायको ध्यानाकर्षण गराउनुभयो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com