३८ सय किलो सुन तस्करी प्रकरण : प्रतिवादी शाक्यका तीन पसलबाट ५० करोड बढी सुनचाँदी बरामद , बरामद सुनचाँदी के हुन्छ ?


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

३८ सय किलो सुन तस्करी तथा सनम शाक्य हत्याकाण्डको अनुसन्धान गरिरहेको सरकारी समितिले गएको सोमबार मुद्दाका प्रतिवादी राजेन्द्र शाक्य सञ्चालक रहेका काठमाडौंका तीन सुनचाँदी र हिरा पसलमा छापा मारेको छ ।
संयोजक ईश्वरराज पौडेल नेतृत्वमा सोमबार एकै समयमा दरबारमार्गमा रहेको आरके डायमण्ड, नयाँ सडकमा रहेको आरके ज्वैलर्स र बिशाल बजारस्थित आरके ज्वैलर्समा छापा मारेर तीन ओटा स्थान बाट ५० करोड रुपैयाँ भन्दा बढीको सुन, चाँदी एवं हिरा बरामद गरेको हो ।

समितिले संगठित अपराध निवारण ऐन २०७० को दफा १५ र १६ अनुसार शाक्यले संगठित अपराधबाट आर्जेको धन बरामद गरेको जनाएको छ। ऐनअनुसार संगठित अपराध गरी आर्जन गरेको चलअचल सम्पत्ति रोक्का र नियन्त्रणमा लिनसक्ने कानुनी प्रावधान रहेको छ।

‘अदालतको अनुमति लिएर ऐनको अधिनमा रही कारवाही भएको हो, बरामद भएको धनमाल अदालतमा पेश हुनेछ,’ संयोजक पौडेलले संचारकर्मी संग भने। समितिले आरके डायमण्ड र ज्वैलर्समा रहेको सुनका गरगहनासहितका समाग्री स्थानीय प्रहरी र प्रशासनको रोहबरमा बरामद गरेको थियो।

तीनै स्थानका सामाग्री फरक–फरक बाकसमा राखेर लाहाछाप लगाई शिलबन्दी गरिएको छ। बरामद भएको सामाग्री मोरङ जिल्ला अदालत पठाउनु अघिसम्म बिशेष सुरक्षा प्रवन्धका साथ गृहमन्त्रालयमा राखिएको छ। समिति सदस्यले मंगलबार अपरान्हसम्म बरामद सामाग्रीको विवरणको यकिन तथ्यांक जोडिरहेका छन्। पछिल्लो तथ्यांकमा जफत सम्पत्तिको मूल्यांकन रकम ५० करोड रुपैयाँ बढी हुने देखिएको छ।  समितिले मंगलबार बिहान गृहमन्त्री रामबहादुर थापालाई सोमबारको घटनाका बिषयमा ब्रिफिङ गरेको छ। संयोजक रहेका गृह सहसचिव पौडेलले संगठित निवारण ऐनअनुसार भएको सोमबारको कारवाही र अगामी रणनीतिका बिषयमा मन्त्री थापालाई जानकारी गराएका हुन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ऐनको दफा ५१ अनुसार कसुर प्रमाणित भएमा राजेन्द्र शाक्यका तीन व्यवसायिक संस्थाबाट सोमबार बरामद भएको सम्पत्ति जफत हुनसक्छ। समितिको अनुसन्धानमा ३८ सय किलो सुन तस्करीका मुख्य आरोपी रहेका शाक्यले आर्जेको सम्पत्ति संगठित अपराधबाट आर्जेको वा मिसाएको हुनसक्ने प्रमाणका आधारमा बरामद सम्पत्ति जफतको अधिकार सरकारसँग रहनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com