लट्री परेको भन्दै ठग्ने समूह पक्राउ


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

प्रहरीले विभिन्न वाहनामा ठग्ने समूहलाई पक्राउ गरेको छ । प्रहरीले लट्री परेको वाहना देखाएर विभिन्न व्यक्तिबाट रकम अशुल्ने कार्यमा सक्रिय हुँदै आएका बीरगंज महानगरपालिका वडा नम्बर १८ का अक्षय कुमार चौरसिया, अजय पासवान, बीरनारायण चौरसिया, वडा नम्बर २ का राहुल कुमार राउतलाई पक्राउ गरेको हो ।

उनीहरुबाट १ लाख ५ हजार रुपैयाँ र ४ थान माबाइल सेट बरामद समेत गरिएको प्रहरीले जनाएको छ । उनीहरुले समाजिक सञ्जाल र मोवाइल मार्फत २५, ३५ लाख लट्री जित्नु भएको छ, हाम्रो निश्चित कम्पनीले राखेको बम्पर पुरस्कारमा तपाई छनौट हुनु भएको छ,

विभिन्न मित्र राष्ट्रका सरकारले आयोजना गरेका विभिन्न चिठ्ठाजन्य कार्यक्रममा तपाई पर्नु भएको छ भनेर फोन तथा फेसबुक म्यासेन्जरबाट म्यासेज पठाउने गरेको र उत्तः रकम प्राप्त गर्न सरकारलाई कर तिर्नको लागि तोकिएको खातामा केही रकम पठाउन अनुरोध गरेर ठग्दै आएको पाइएको प्रहरीले उल्लेख गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com