बजेट पछि उपभोग्य वस्तुको मूल्य ह्वात्तै बढ्याे


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

सरकारले बजेट प्रस्तुत गरेपछि अधिकांश दैनिक उपभोग्य वस्तुको भाउ बढेको छ। बजेटमा करको दरमा गरिएको हेरफेर र उद्योगीले पाउँदै आएको भ्याट फिर्ता खारेजीले बजार भाउ बढेको खुद्रा बिक्रेताको भनाइ छ।

मूल्य वृद्धिबारे सरकारी निकाय भने बेखबर रहेको नयाँ पत्रिकामा खबर छ । उल्टै मूल्यवृद्धि नभएकाे भन्दै मौज्दात सामग्रीमा कत्ति पनि मूल्यवृद्धि नगरेको मूल्यसूची नै व्यावारीहरूले बुझाएकाे आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागकाे दाबी छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com