अब एक मिहनाभित्रै स्मार्ट लाइसेन्स


प्रकाशित मिति : जेष्ठ ३०, २०७५ बुधबार

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा हुँदै आएको ढिलाई अब हट्ने भएको खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

समाचारका अनुसार यातायात व्यवस्था विभागले थप ४ वटा छपाई प्रिन्टर मेसिन ल्याएसँगै अब चालक अनुमतिपत्र लिनका लागि महिनौं कुर्नुपर्ने बाध्यता हट्ने भएको छ । विभागसँग ५ वटा मात्र छपाई मेसिन हुँदा मागबमोजिम छपाई गर्न सकेको थिएन ।

तर, ४ वटा आधुनिक प्रविधिसहितको प्रिन्टर मेसिन सञ्चालनमा आएपछि अब दैनिक ५ हजार स्मार्ट कार्ड छपाई हुने भएको छ ।

अबको दुई महिनापछि सेवाग्राहीले एक महिनाभित्र नै स्मार्ट लाइसेन्स प्राप्त गर्न सक्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com