उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उनको गाडीको पछाडि दौडिने रहस्यमयी समूह वास्तवमा को हो ?


प्रकाशित मिति : जेष्ठ २९, २०७५ मंगलबार

एकपटक सिंगापुरमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उनको कारको पछाडिपछाडि उनका बडीगार्डहरु दौडिरहेको दृष्य संसारले पुनः देख्यो। यो कुनै नाटक न त यस्तो पहिलोपटक नै भएको थियो । यसअघि दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनसँगको भेटघाटअघि पनि यस्तै दृष्य देखिएको थियो ।

तर उनको गाडीको पछाडिपछाडि दौडिने रहस्यमयी समूह वास्तवमा को हो ?

विश्लेषक माइकल मैडनले यसबाट पर्दा हटाउँदै छन् । माइकल मैडन नर्थ कोरिया लिडरशिप वाचका निर्देशक हुन् र अमेरिकाको जोन हपकिन्स युनिभर्सिटीका भिजिटिङ स्कलर हुन् ।

उत्तर कोरियाका नेता किम जोंग उनलाई तीन श्रेणाीको सुरक्षा दिने गरिन्छ । सिंगापुरमा उनको सुरक्षाका लागि ब्ल्याक सूटमा बडीगार्डस दौडिरहेको देखिए।

यो समूह उनको लक्जरी गाडीका साथसाथै दौडिरहेका थिए । यो समूहलाई मेन अफिस अफ एडजुटेन्टस भन्ने गरिन्छ । यी सेनाका अधिकारी हुन्, जसले देशका प्रमुख व्यक्तिहरुलाई सुरक्षा प्रदान गर्दछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अचुक सुरक्षाका लागि यो समूह किमको चारैतिर तत्काल घेरा बनाउँछन् । यिनीहरुको चयन कोरियन पिपुल्स आर्मीबाट गरिन्छ । यिनीहरुको लम्बाई किम जोंग उन समान हुन्छ । चयन गर्ने बेला यो पनि सुनिश्चित गरिन्छ कि उनीहरुका आँखामा कुनै समस्या नहोस् । यिनीहरु निशानेबाजी, मार्शल आर्टस र बन्दुक चलाउन दक्ष हुन्छन् ।

कसरी हुन्छ चयन

किमलाई सुरक्षा दिने समूहमा समावेश गरिनुअघि उनीहरुको पृष्ठभूमिको कठोर अध्ययन गरिन्छ । उनीहरुको दुई पिढी पनि यो अध्ययनको हिस्सा हुन्छ ।

समूहका अधिकांश सुरक्षाकर्मी किम जोंग उनका आफन्त वा उत्तर कोरियाका ख्यातिप्राप्त परिवारका हुन्छन् । बडीगार्डको प्रस्ताव स्वीकार गरेपछि जागिर छोड्ने विकल्प भने हुँदैन । उनीहरुलाई कठोर प्रशिक्षण दिइन्छ, ठिक ती सैनिकहरुलाई जसरी, जो विशेष अपरेशनका लागि तयार गरिन्छ ।

सुरक्षाकर्मीहरुको घेराले चारैतिर नजर राख्दछ । किम जोंग उन तीनदेखि पाँच सुरक्षाकर्मीका बिचमा हुन्छन्, जसमध्ये एउटा समूहको डाइरेक्टर हुन्छ । उनीहरु सबै सूट र टाइ लगाएका हुन्छन् ।

सुरक्षा व्यवस्था कस्ता कस्ता

किम जोंग उनका चालक लिनन वा लेदरको कपडा लगाउँछन् ताकि गाडीमा उनको नियन्त्रण कायम रहोस् । उनले कानमा इयरपिस लगाइरहन्छन् ताकि उनलाई सूचना प्राप्त भइरहोस् ।

यसको पहिचान विशेष तरिकाबाट गरिन्छ । उनको कपडामा विशेष पिन र ब्याच लागेको हुन्छ । त्यति मात्र होइन, पुष्टिका लागि विशेष कोडमा उनले कुरा पनि गर्नुपर्ने हुन्छ ।

मेन अफिस अफ एडजुटेन्ट्समा करिब २ सयदेखि ३ सय सुरक्षाकर्मी हुन्छन् । यसमध्ये आधा बडीगार्ड, बाँकी चालक र प्राविधिक हुन्छन् ।

चुरोटको समेत व्यवस्था गर्छन्

किमको सुरक्षा पंक्तिमा दोस्रो र तेस्रो घेरा गार्ड कमाण्डको हुन्छ । यसको काम त्यो स्थानको जाँच गर्नु हुन्छ जहाँ किम जान्छन्।
गार्ड कमाण्डका लागि सुरक्षाकर्मीहरुको चयन त्यसरी नै हुन्छ जस्तो मेन अफिस अफ एडजुटेन्ट्सको हुन्छ ।

यी सबैले किम जोंग उनका लागि विशेष फोन लाइनको व्यवस्था गर्दछन् । साथै उनको उपयोगका लागि विशेष कम्प्युटरको व्यवस्था पनि गर्दछन् । किम जोंग उनले के खाने छन्, के पिउने छन्, यहाँसम्म कि चुरोटको व्यवस्था पनि यही समूहले गर्नुपर्ने हुन्छ ।

गार्ड कमाण्ड ती सबै बाटोको आधा किलोमिटरसम्म सुरक्षित राख्दछन्, जहाँबाट किम जोंग उन यात्रा गर्दछन् ।

जुन प्रकारको सुरक्षा उत्तर कोरियाका नेतालाई दिइन्छ, शायदै यस्तो सुरक्षा विश्वका कुनै पनि अन्य नेतालाई दिइन्छ होला ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com