न्यूयोर्कमा ‘नेपाली लेडिज साँझ’सम्पन्न:जर्सी सिटी काउन्सिलद्वारा सम्मान


प्रकाशित मिति : जेष्ठ २४, २०७५ बिहीबार

दीपक परियार

-न्यूयोर्क

यस पटक न्यूयोर्क नेपाली महिला दीदी,बैनीहरु ~र्याप मा उत्रिए ।महिलाहरू लाई चुलो चौकोमा बाँध्न खोज्ने र सन्तान उत्पादन गर्ने मेंसिन को रूपमा प्रयोग गर्ने समाज लाई चुनौती दिए।महिलाहरू देश,समाज निर्माण गर्न सक्षम छन भन्दै सबै खाले कूरितीलाई परिवर्तन गर्ने उदघोश गरे।

विगत ६ वर्ष देखि न्यू योर्कका नेपाली महिलाहरुले मनाउँदै आएको “नेपाली लेडिज साँझ” अप्रवासी नेपाली महिलाहरू को जीवनस्तर सुन्दर,मर्यादित र गर्व गर्न लायक कसरी बनाउँन सकिन्छ भन्ने हाम्रो मुख्य योजना रहेको कार्यक्रम कि संयोजक मूना राई ले बताउनू भयो।

सो अवसरमा ‘नेपाली लेडिज साँझ’ लाई जर्सी सिटी काउन्सिल प्रेसिडेण्ट रोलाण्डो लाभारोले छैठौं वर्षसम्म निरन्तर कार्यक्रम सन्चालन गरी मानवीय सहयोग र नेपाली नारीहरुको शसक्तिकरण गर्नमा योगदान पुर्याएको उच्च कदर गर्दै सिटी साईटेशनद्वारा सम्मान गरेका छन ।जर्सी सिटी मेयर कि सल्लाहकार डा. बिष्णुमाया परियार ले सो सम्मान,आयोजकहरुलाई प्रदान गरेकी थिईन् ।

सो साँझ मा महिलाहरू नेपाली फरक फरक भेषभूषा मा सजिएर आफ्ना कलाहरू प्रस्तुत गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com