बिदेशमा हासिल गरेको बिज्ञता मतृभूमीलाइ काम लागोसः डा. अर्याल

फ्रयाँकलिन पियर्स यूनिभर्सीटि न्यू ह्याम्सायरका प्राध्यापक डा. रुद्र अर्याल  गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि सक्रिय व्यक्ति हुन् । मायमी विश्वविद्यालयबाट भौतिकशास्त्रमा विद्यावारिधी गरेका उनी गैर आवासीय नेपाली संघको बिज्ञ सम्मेलनका लागी कार्यपत्र छनोट तथा श्वेतपत्र निर्माण समितिका संयोजक हुन् । प्रस्तुत छ आगामी जुन १६ र १७ तारिख सनफ्रान्सिस्कोमा हुने सम्मेलनका बारे संयोजक अर्यालसंग किरण मरहट्टाले गरेको कुराकानी ।

सम्मेलन आउन करीब २ साता मात्र बाँकी रहेको अबस्थामा मुल्यांकन गर्दा बौद्धिक समुदायको उपस्थिती कस्तो अपेक्षा गर्नु भएको छ ?

म आँफै यसमा संलग्न भएकोले म धेरै नै खुसी छु। धेरैसंग सम्पर्क र काम गर्ने अवसर पाएको छु।  तर पनि पहिलो चोटी र छोटो समयमा सोधपत्र आब्हान गर्नु परेकोले पनि केही कमी महसुस त भएकै छ। समय र सुचनाको अबस्थाले गर्दा   १०० प्रतीशत नेपालि डायेस्पोराको सम्पर्कमा पुग्न नसकिएको हुन्छ तर पनि मेरो अनुभबलाइ हेर्दा  म यो तयारी र हामीले प्राप्त गरीसकिएको उपस्थीतीको कन्फरमेशनलाइ  हेर्दा उत्साहजनक छ भनेर भन्न सकिन्छ।  यती  ठुलो देश अमेरिकामा रहनु भएका नेपालि डायेस्पोराको बिचमा पुग्न त्यती सजिलो त पक्कै पनि छैन तर पनि बिभिन्न तरीकावाट हामिहरु कोशीश गरेका छौं । कतै  कमी भएको त् छैन कि भनेर हामीले  विश्लेषण गरीरहेका छौं । अमेरिकामा रहेका बिभिन्न विश्वविद्यालयमा अध्यापन गरीरहनु भएका  प्राध्यापक हरु, बैज्ञानीक हरु, उद्योग को क्षेत्रमा काम गरी रहनु भएका बिज्ञा हरुको ठुलो समुह संग सम्पर्क भएको छ तर पनि हामी  सबै बीच पुग्नु पर्दछ भनेर लागी परेका छौं।  अझ अमेरिका र क्यानाडा क्षेत्रमा विश्वविद्यालयमा रही नेपाल सम्बन्धी अध्यन गरीरहेका बिध्यार्थीहरुलाई बिशेष प्रोत्साहन गर्न बिभिन्न अवार्ड  को ब्यबस्था गरेका छौं । उहाँहरुलाई समेत नेपालि डायेस्पोराको सम्पर्कमा ल्याउन हामीले केहि हदसम्म सफलता हासील गरॆका छौं। तर पनि काम धेरै गर्नु छ। अहिले सम्मको मुल्यांकनमा उत्साहजनक उपस्थीती हुने देखिन्छ।

यो बिज्ञ सम्मेलनको  मूल मर्म के हो?

नेपालमा उच्चशिक्षा हासील गरेका, नेपालमा आफ्नो जिन्दगीका महत्त्वपूर्ण समय बिताएका धेरै महानुभाबहरु अहिले देश बाहीर रहेर अरु  बिकसीत मुलुकको बिज्ञान, प्रबिधी, पोलिसी लेभल, सामाजीक अबस्थाको समेत अनुभब लिंदै नया खाले बिज्ञता हासील गर्नु  भएको देखिन्छ । अहिले संसारै भरीका देशहरुले  समेत बाहीर रहेका आफ्ना नागरीकहरुको ज्ञान र शिपलाई आफ्नो देशमा कसरी फर्काउने भनेर योजना बनाउन लागी परी रहेका छन। यस्तो अबस्थामा   एनआरएन ले पनि यो खाले सम्मेलन को आयोजना गरेर देश बाहीर रहेको ठुलो जनशक्तिलाई नेपालको बिकाशको क्षेत्रमा कसरी समायोजन गर्न सकिन्छ भनेर  एउटा ठुलो प्रयास को सुरुवाती गरेको छ। यो नै एउटा मूल मर्म को रुपमा लिन सकिन्छ।

तपाईं सोधपत्र छनोट समीतीको संयोजकको नाताले भन्नु पर्दा अपेक्षीत रुपमा सोधपत्र पेश नहुनुलाई के भन्नुहुन्छ?

बिभिन्न  विषयका करीब ३० वटा सोधपत्र  हामीले छानीसकेका छौं । सबै कार्यपत्र जुन १६ मात्रै पेश गरीने  भएकोले पनि समय सीमालाई ख्याल गरेका   छौं। अझ सोधपत्र नेपालसंग सम्बन्धीत भएर अध्ययन गरीएको हुनुपर्ने भएकोले पनि केही सोधपत्रलाई हामीले यो सम्मेलनमा प्रस्तुत गर्न सकेनौं। समग्रमा मैले पहिले नै भने जस्तै सबै ठाउँमा हाम्रो सुचना पुर्याउन नसकेका हुन् सक्दछौं तर पनि यती धेरै सोध पत्र प्राप्त हुनुलाई उत्साहजनक नै मान्नु  पर्दछ।

हाल सम्म आएका सोधपत्रहरु बिषयगत हिसाबले कस्ता छन्?

हामीले प्राप्त भएका सोधपत्रहरु र अक्टोबर महिनामा नेपालमा हुन् लागी रहेको बिस्वब्यापी विज्ञ सम्मेलन को बिषय बस्तुलाई हेरेर पनि हामीले विभाजन गरेका छौं। शिक्षा, कृषी , शिप क्षमता अभिबृदि,  बिज्ञान र प्रबिधी, बाताबरण, इनर्जी, सम्बन्धीका बिषयहरुमा प्रमुख गरेर सोध पत्रहरु प्राप्त भएका छन्। 

नेपालको आर्थिक सामाजिक बिकाशमा बढी सरोकार राख्ने सोधपत्रलाई प्राथमिकता दीने भनीएको थियो त्यस हिसाबले सुचना प्रबिधी, भौतीक पूर्वाधार, पर्यटन, जलस्रोत, लगाएतमा अपेक्षित पेपर आएनन?

हामीले बिशेष गरी नेपालको आर्थीक क्षेत्रमा महत्त्वोपूर्ण भूमिका खेल्ने सोध्पत्र्हरुको आब्हान गरेका थियौं।  हाम्रो उदेश्य नेपालि डायेस्पोराहरुलाई एकै ठाउँमा ल्याउनलाई एउटा फोरमको रुपमा खेल खेल्ने र भबिस्यमा अझ परिमार्जन, प्राप्त भएका अनुभवलाई प्रयोग गर्दै अझ उच्च खालको सम्मेलन गर्ने उदेश्य भएकोले पनि सबै  खाले  कार्यपत्रहरुको  आशा गरेका थियौं ।  हाम्रो अपेक्षा अनुसार कार्यपत्रहरु प्राप्त भएका छन् जुन नेपालको बिकाशको निम्ती महत्व पूर्ण भूमिका खेल्न सक्ने छन्।

एनआरएनलाइ लाग्ने आरोप, ” यो बौदीक भन्दा  पनि ब्यपारमुखी हुँदै गयो” भन्ने हो। यस सम्मेलनमा पनि त्यसको पुष्टी नहोला भन्ने के ग्यारेन्टी छ?

हाम्रो सहभागीता भनेको यो सम्मेलनमा कसरी नेपालि डायेस्पोराको क्षमतालाई नेपालसंग जोड्ने हो। धेरै  भन्दा धेरै डायेस्पोराको सोधपत्रलाई कार्यक्रममा  प्रस्तुत गर्ने ब्यबस्था मिलाउने हो।  हाम्रो टीमले  यहि कार्य कसरी सम्पन्न गर्न भनेर जिमेबारी लिएको  छ। अमेरिकाको बिभिन्न बिस्वबिध्यालयमा प्राध्यापन, अनुसन्धानमा लागेको टोली यो कमिटीमा काम गरी रहेको छ । यही जिमेबारीमा रहेर काम गरीरहेका छौं। अरु बाहिरको बिषयमा हामीलाई जानकारी हुने कुरै भएन। त्यसैले पनि यो प्रस्नको उत्तरको बारेमा मैले केहि बोल्न सक्दीन।

यो बिज्ञ सम्मेलनको निस्कर्ष के हुनेछ र यसले समग्र एनआरएनको मुभमेन्टलाइ के योगदान दिनेछ?

प्रमुख कुरा त  एनआरएनको यो अमेरिका क्षेत्रमा यस्तो खाले  बौदीक सम्मेलन पहिलो अनुभब हो।  बिशेष गरी नेपालि डायेस्पोराका प्राध्यापकहरु , बैज्ञानीकहरु, बिध्यार्थीहरु बिचमा सम्पर्क बढ्न जानेछ जसले गर्दा भविष्यमा उनीहरु बीच भईरहेका अनुसन्धान बीच एउटा बलियो सम्बन्ध बढ्न जानेछ। हामीले कार्यपत्रहरु माग्दै गर्दा पनि नेपाल सम्बन्धी अध्यन गरीएका भनेर आब्हान गरेकोले पनि नेपालिमुलका अनुसंधान्कर्ताहरुलाई भबिस्यमा आफ्नो अनुसन्धान नेपाल सम्बन्धी  बिषयमा कसरी जोड्ने होला भनेर  योजनाहरु बन्ने छ। यो एउटा धेरै ठुलो उपलब्धी हो। साथ् साथै अमेरिकामा सक्रिय भएका  बिभिन्न विषयका आ-आफ्नै बैज्ञानीक समाजहरुलाई   यौटै सम्मेलनमा जोड्न यस्ता खाले सम्मेलनले भूमिका खेल्ने छ। छोटकरीमा भन्ने हो भने आज को भोलि नै  सबै उपलब्धीहरु  नदेखिन सक्ला तर यो एउटा नेपालि डायेस्पोराको बीच नेपाल संग सम्बन्धीत भएर अनुसन्धान गर्ने, पोलिसी लेभलमा सोंच बिकसीत हुनेछ र एनआरएनको यो एउटा नेपालसंग नेपालिलाइ जोड्ने  यैतीहासीक भूमिकाको रुपमा संधै संधै रहनेछ।

बुधबार, जेष्ठ २३, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री