अमेरिकी नागरिकता नयाँ डिजाइनमा, पहिले लिएकाले के गर्ने ?


प्रकाशित मिति : जेष्ठ २३, २०७५ बुधबार

अमेरिकी सरकारले मंगलबारदेखि नयाँ डिजाइनको नागरिकताको प्रमाणपत्र जारी गर्न सुरु गरेको छ । जालसाजीबाट जोगिनका लागि ८ प्रकारका अमेरिकी नागरिकताका प्रमाणपत्रहरु नयाँ डिजाइनकासाथ जारी गर्न सुरु गरिएको हो ।

प्राकृतिकरणको प्रकृयाबाट लिइएको अमेरिकी नागरिकता, विदेशी राज्यबाट अमेरिकी नागरिकका रुपमा मान्यता प्राप्त गर्ने विधिबाट लिइएको नागरिकता, प्राकृतिकरणबाट लिइएको नागरिकतामा गल्ती कमजोरी भएमा वा हराएमा जारी गरिएको नागरिकताको प्रमाणपत्र, जन्मजात नागरिकता, जन्मिसकेपछिको नागरिकता, अमेरिकी सेनाका विधवा वा विदुरलाई जारी गरिने नागरिकता, जन्मजात आधारमा प्राप्त अमेरिकी नागरिकतामा भएको कमजोरी वा हराएपछि जारी गरिने नागरिकताका प्रमाणपत्रहरु नयाँ डिजाइनका साथ जारी गर्न थालिएको हो ।

हरेक नागरिकताको प्रमाणपत्रमा अल्ट्रा भायोलेट किरणमा मात्र हेर्न सकिन अलग अलग चित्र हुनेछ भने नागरिकताको प्रमाणपत्रमा जालसाजी रोक्ने विभिन्न विशेषताहरु समेत रहेको जनाइएको छ । जसबाट कसैले पनि अमेरिकाको नक्कली नागरिकता बनाउन सहज हुनेछैन ।

नयाँ डिजाइनको नागरिकता भएपनि प्राप्त गर्नका लागि चाहिने आधार र प्रकृया भने उस्तै नै रहेका छन् । पहिले नै अमेरिकी नागरिकता पाइसकेकाहरुले नयाँ डिजाइनको नागरिकता लिन वा नविकरण गर्न आवश्यक नभएको युएससीआईएसले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com