एनआरएन सम्मेलनमा बौद्धिक समुदायको उच्च सहभागीता हुने


प्रकाशित मिति : जेष्ठ २२, २०७५ मंगलबार

आगामी जुन १६ र १७ तारिखमा हुने एनआरएन बिज्ञ सम्मेलन तथा साधारणसभामा ठुलो संख्यामा बौद्धिकबर्गको सहभागीता हुने जनाइएको छ । एनआरएनए अमेरिकाज क्षेत्र र एनआरएनए अमेरिकाले सनफ्रान्सिस्कोमा संयुक्त रुपमा आयोजना गर्ने सो सम्मेलनको पहिलो दिन बौद्धिक सम्मेलन र भोलिपल्ट एनआरएनए अमेरिकाको साधारणसभा हुनेछ । नेपालका पर्यटनमन्त्री रबिन्द्र अधिकारी प्रमुख अतिथि रहने सो कार्यक्रममा नेपाल सरकारका बरिष्ठ अधिकारिहरु, एनआरएन आइसीसी अध्यक्ष भवन भट्ट, पुर्वअध्यक्षहरु उपेन्द्र महतो, जिबा लामीछाने लागायत विशिष्ट व्यक्तिहरु सहभागी हुने सोमबार जारी संयुक्त प्रेस विज्ञप्तिमा जनाइएको छ ।
नेपाल संघिय ढाँचामा प्रवेश गरिसकेको वर्तमान अवस्थामा बिज्ञ सम्मेलनमा प्रस्तुत हुने कार्यपत्र देश विकास र समृद्धिका लागी उपयोगी हुने विश्वास एनआरएनएले लिएको छ । “नेपालको समुन्नतीमा विदेशमा रहेका बौद्धिक समुदाय कसरि सहभागी हुनसक्छन् भन्ने हाम्रो चिन्ता हो बौद्धिक समुदायको ठुलो चासोका कारण हामी ज्यादै उत्साहित छौँ ” अमेरिकाज क्षेत्रका संयोजक गौरिराज जोशीले भने । सम्मेलनमा प्रस्तुत गरिने कार्यपत्र छनोट र श्वेतपत्र प्रकाशनका लागी डा. रुद्र अर्यालको संयोजकत्वमा एक समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा डा. अम्बिका अधिकारी, डा. आमोद पोख्रेल, पुरु श्रेष्ठ, नवराज गुरुगं, प्रमोद ढकाल लगायत छन । नेपाल सरकारले प्राथमिकतामा राखेका क्षेत्रहरु कृषी, पर्यटन, भौतिक पुर्बाधार, जलश्रोत जस्ता क्षेत्रलाइ लक्षित गरि कार्यपत्र आव्हन समेत गरिएको थियो “ज्यादै उपयोगी कार्यपत्रहरु प्राप्त भएका छन्, बौद्धिक बर्गको सहभागीता ठुलो संख्यामा हुनेछ” संयोजक अर्यालले भने  बिज्ञ सम्मेलनका संयोजक तथा आइसीसी सदस्य डिल्ली भट्टराइका अनुसार सम्मेलनमा अमेरिका, क्यानाडा, ब्राजिल लगायतका देशका बिज्ञहरुको सहभागीता रहनेछ । 
गैर आवासीय नेपाली संघलाइ प्रायः लाग्ने आरोप हो, बौद्धिक समुदायलाइ समेट्न सकेन । यहि आरोपलाइ चिर्दे एनआरएन अभियान मार्फत गैर आवासीय नेपालीको बिज्ञतालाइ मातृभूमिको हितमा कसरि उपयोग गर्ने सकिन्छ भन्ने चिन्तनका बिच जन्मिएको अवधारणा हो बिज्ञ सम्मेलन । गैरआवासीय नेपाली संघको गत अक्टुबरमा सम्पन्न विश्व सम्मेलनमा पारित भिजन २०२० मा एक महत्वपुर्ण अंशको रुपमा समेटिए पछि क्षेत्रीय तथा अन्तराष्ट्रिय समन्वय परिषद बिज्ञ सम्मेलनको तयारिमा जुटेका हुन् । सबै क्षेत्रीय समितिहरुको बिज्ञ सम्मेलन सकिए पछि आइसिसिले आगामी अक्टुबरमा नेपालमा सोहि नाममा अन्तराष्ट्रिय सम्मेलन गर्नेछ । सम्मेलनमा प्रस्तुत कार्यपत्रको एक समस्टि तयार गरि नेपाल सरकारलाइ हस्तान्तरण समेत गरिने छ ।
सनफ्रान्सिस्को सम्मेलनको दोस्रो दिन हुने एनआरएनए अमेरिकाको साधारणसभाले चालु कार्यक्रमहरुको समिक्षा गर्दै भावि योजनाहरु निर्माण गर्नेछ, “हाम्रो एक बर्षे कार्यकालको समिक्षा र आगामी रणनीति निर्माणमा यो सम्मेलन महत्वपुर्ण थलो सावित हुनेछ” एनआरएनए अमेरिकाका अध्यक्ष केशव पौडेलले टेलिफोनमा भने । स्थानिय डवल ट्री, हिल्टन होटलमा सम्पन्न हुने कार्यक्रमको सम्पुर्ण तयारि पुरा भैसकेको सम्मेलन संयोजक तथा एनआरएनए अमेरिकाका उपाध्यक्ष उमा कार्की थापाले जानकारी दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com