भारतीय दूतावासको भोजमा देउवा गए, ओली गएनन्


प्रकाशित मिति : कार्तिक १८, २०७३ बिहीबार

नेपाल भ्रमणमा रहेका राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा भारतीय दूतावासले गरेको दिवाभोजमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा दूतावासको दिवाभोजमा सहभागी हुन गएपनि ओली अनुपस्थित भएका हुन् । एमाले अध्यक्ष ओलीले दूतावासको भोजमा एमालेको तर्फबाट उपाध्यक्ष भीम रावललाई पठाएका थिए । त्यसैगरी पूर्व सभामुख तथा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि दूतावासको भोजमा पुगेका थिए ।

ओलीको सचिवालयका एक सदस्यले दूतावासले गरेको भोजमा अध्यक्ष ओली जाने कुरै नभएको बताए । ‘दूतावासले गरेको भोजमा अध्यक्ष कमरेड जाने कुरै भएन’, उनले भने, ‘पार्टीको तर्फबाट अरु नै कमरेडहरुले प्रतिनिधित्व गर्नुभएको छ ।’ एमाले अध्यक्ष ओली नौ महिने सरकारमा रहँदा भारतसँग नझुकेको भन्दै उनको प्रशंसा भएको थियो । एमाले कार्यकर्ताहरुले अध्यक्ष ओली भोज खान दूतावास नगएर आफ्नो राष्ट्रवादी छबि प्रस्तुत गरेको तर्क गरेका छन् ।

भारतीय दूतावासको भोजमा नगए पनि अध्यक्ष ओली कालिमाटीस्थित सोल्टी होटलमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिने रात्रिभोजमा भने सहभागी हुने कारोबारमा खबर छ । ‘अध्यक्ष ओलीले बिहीवार भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ’, एमालेका एक नेताले भने, ‘राष्ट्रपतिसँगको भेटको कार्यक्रम तय भइसकेकाले अध्यक्ष कमरेड दूतावासको भोजमा नगएर केही फरक पर्दैन, उहाँले अरु नेतालाई पठाइसक्नु भएको छ ।’ भारतीय राष्ट्रपतिसँगको भेटवार्ताका लागि एमालेले अध्यक्ष ओलीसहित ६ जनाको टोली तोकिसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com