३३ नगरपालिकालाई दमकल किन्न रकम


प्रकाशित मिति : कार्तिक १८, २०७३ बिहीबार

सरकारले ३३ वटा नगरपालिकालाई दमकल खरिद गर्न रकम प्रदान गरेको छ । आगामी असार मसान्तभित्र दमकल खरिद गरिसक्ने गरी सरकारले ती नगरपालिकाको खातामा ६० लाख रुपियाँ पठाएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । नगरपालिकाको पूर्वाधार विकासका लागि भन्दै सरकारले केही पुराना तथा केही नयाँ गरी ३३ वटा नगरपालिकालाई दमकल खरिदका लागि रकम प्रदान गरेको हो ।

मन्त्रालयका अनुसार गौरादह, कोसी हरैचा, रङ्गेली, हनुमाननगर योगिनीमाई, गोलबजार, धनुषाधाम, छिरेश्वरनाथ, बर्दिवास, हरिवन, जिरी, मन्थली, पनौती, दाप्चा काशिखण्ड, थाहा, गढीमाई, सिमरौनगढ, कोल्हवी, पोखरिया, गैँडाकोट, वाणगङ्गा, वालिङ, लिवाङ, लमही, कोहलपुर, राजापुर, सानोश्री–ताराताल, वीरेन्द्रनगर, अत्तरिया, घोडाघोडी, पाटन, परशुराम, दोधारा–चाँदनी र झलारी–पिपलाडी नरपालिकालाई दमकल खरिद गर्न रकम प्रदान गरिसकेको हो ।

मन्त्रालय अग्नि नियन्त्रण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख ऋषिराज आचार्याले चालू आर्थिक वर्षभित्र दमकल खरिद गरिसक्नुपर्ने गरी ससर्त अनुदानस्वरूप ३३ वटा नगरपालिकालाई मन्त्रालयले रकम प्रदान गरिसकिएको जानकारी दिए । हाल नेपाल सरकारसँग ५१ वटा र गत भदौमा भारत सरकारको सहयोगमा नेपाललाई १७ वटा दमकल हस्तान्तरण गरेको सरकारसँग अहिले ६८ वटा दमकल चालू अवस्थामा रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com