भारतीय राष्ट्रपति काठमाडौंमा


प्रकाशित मिति : कार्तिक १७, २०७३ बुधबार

भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौंमा आइपुग्नुभएको छ । उहाँलाई अब केहीबेरमा राष्ट्रपति विद्या भण्डारीले स्वागत गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले  त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा  स्वागत गरेपछिपछि राष्ट्रपति मुखर्जी सिनामंगल, तीनकुने, नयॉबानेश्वर, माइतीघर, त्रिपुरेश्वर कलंकी हुर्दै होटल सोल्टी जानुहुने छ । दिउसो २ बजे राष्ट्रपति मुखर्जी समकक्षी विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शितल निवासमा शिष्टचार भेटवार्तामा सहभागी हुन त्यसतर्फ जानुहुने कार्यक्रम छ ।

भेटवार्तापछि राष्ट्रपति मुखर्जी ४ बजे होटल ¥याडीसनमा इण्डिया फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुहुने छ । त्यसपछि राष्ट्रपति मुखर्जीे–प्रचण्डबीच होटल हायतमा सांझ ६ः२५ बजे भेटवार्ता हुने कार्यक्रम तय भएको छ । त्यसपछि होटल हायतमै समकक्षी विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनुहुने कार्यक्रम छ ।

भारतका राष्ट्रपतिले बिहीबार पशुपतिनाथको पूजाअर्चना गर्नुहुनेछ भने सोही दिन उनलाई काठमाडौ विश्वविद्यालयले मानार्थ उपाधि प्रदान गर्ने कार्यक्रममा सहभागी हुनु हुनेछ ।  दिउसो नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्नेसहभागी हुनुहुने छ भने सांझ ४ बजे काठमाण्डौ महानगरपालीले प्रदान गर्न लागेको नागरीक अभिनन्दन कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

त्यसैगरी राष्ट्रपति मुखर्जीले शुक्रबार जनकपुरको भ्रमण गरी त्यहॉस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्नुहुने तथा  सम्मानमा नागरिक अभिनन्दन गरिनेछ । सोही दिन भारतीय राष्ट्रपति पोखराको भ्रमणमा पनि जानुहुनेछ । राष्ट्रपति मुखर्जी शुक्रबार सांझ ५ बजे काठमाडौंबाट नयॉदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । उनको सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com