श्रीपेच सर्वसाधारणका लागि खुला गरिने


प्रकाशित मिति : जेष्ठ १७, २०७५ बिहीबार

नारायणहिटी संग्रहालयको सैलुन कक्षको बाकसमा राखिएको श्रीपेच सर्वसाधारणका लागि खुला गर्न सरकारले फेरि चासो देखाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको टोलीले बुधबार संग्रहालय अवलोकन गर्ने क्रममा जनताको चासो र शाह कालको नासोका रूपमा रहेको श्रीपेच सर्वसाधारणका लागि खुला गर्न चासो देखाएको हो। मन्त्री अधिकारीले चाँडै नै श्रीपेच प्रदर्शनीमा राखिने जानकारी दिनुभयो। उहाँले श्रीपेच सर्वसाधारणका लागि खुला गर्नका लागि आवश्यक व्यवस्था मिलाउन संग्रहालयका प्रमुख रोहित ढुंगानालाई निर्देशन दिनुभएको थियो।

मन्त्री अधिकारीले जनताले बढी चासो लिएको श्रीपेचलाई तत्काल अवलोकनमा राख्न निर्देशन दिनुभएको थियो।

पूर्वराजा ज्ञानेन्द्रले २०६५ साल जेठ २९ गते नारायणहिटी छाडेपछि कडा सुरक्षा घेराभित्र राखिएको श्रीपेचको अवस्था कस्तो छ भन्ने जानकारी अहिलेसम्म कसैलाई जानकारी छैन। पछिल्लो पटक २०७१ चैतमा श्रीपेचको अवस्थाको बारेमा जानकारी लिइएको थियो। पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाड्नु अघि हाम्रा पितापुर्खाको विरासतको रूपमा रहेको श्रीपेचलाई सदाका लागि जोगाएर राख्न देशवासीको नाममा अनुरोध गर्नुभएको थियो। याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com