बलियो सरकारको कमजोर बजेट


प्रकाशित मिति : जेष्ठ १७, २०७५ बिहीबार

राष्ट्रिय प्रजातन्त्र पार्टीको आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारले ल्याएको बजेटले निजी क्षेत्रलाई आश्वस्त तथा वैदेशिक लगानीलाई आकर्षित गर्न नसक्ने निष्कर्ष निकालेको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज केन्द्रीय कार्यालयमा बसेको बैठकले आठ प्रतिशतको आर्थिक वृद्धि कायम गर्ने, पाँच वर्षमा कृषि उत्पादन दोब्बर गर्ने लगायतका महत्वाकाङ्क्षी विषय बजेटमा उल्लेख गरिएकाले कार्यान्वयनमा समस्या रहेको हुँदा बलियो सरकारले ल्याएको कमजोर बजेट भएको बैठकले ठहर गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

बैठकले समान विचारधारा भएका व्यक्ति, समूह र दलहरुसँग एकता तथा सहकार्यका लागि प्रारम्भिक छलफल, सम्पर्क र समन्वय गर्नका लागि पार्टीका उपाध्यक्षद्वय बुद्धिमान तामाङ, टंक ढकाल र महामन्त्री राजेन्द्र लिङ्देनलाई जिम्मेवारी प्रदान गरेको छ । सक्रिय सदस्य वितरण निर्देशिका मस्यौदा तयार गर्नका लागि महामन्त्री लिङ्देनको संयोजकत्वमा समिति गठन गरेको छ । बैठकले पार्टीको विभाग र समिति गठन तथा पुनः गठन गर्नका लागि उपयुक्त नामावली सिफारिश गर्न महामन्त्री जयन्त चन्दको संयोजकत्वमा समिति गठन गरेको छ ।

पार्टीद्वारा सञ्चालन गरिने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा, छुवाछूतविरुद्ध राष्ट्रिय अभियान र भ्रष्टाचारविरुद्ध भण्डाफोर अभियानको बृहत् कार्यक्रमको निर्माण गर्न पार्टीका प्रवक्ता सुशीलकुमार श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको छ । बैठकले मुलुकको राष्ट्रियता, धर्म, संस्कृति, परम्परा जस्ता विषय संरक्षणका लागि केन्द्रीय सदस्य कान्ता भट्टराईको संयोजकत्वमा समिति गठन गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बैठकले सर्वोच्च अदालतबाट अभियुक्त प्रमाणित भई सर्वश्वसहित आजीवन जन्मकैद सजाय पाएका बालकृष्ण ढुंगेललाई सरकारले गणतन्त्र दिवसका दिन गरेको रिहाइप्रति दुःख व्यक्त गरेको छ । सर्वोच्च अदालतको विगतको फैसला र सर्वोच्चमै विचाराधीन रहेको अवस्थामा उक्त रिहाइ हुनुले कानूनी राज्यको उपहास भएको ठहर गरेको छ । ढुंगेललाई सशस्त्र द्वन्द्वकालमा कर्तव्य ज्यान मुद्दाको अभियोगमा करीब सात महिनादेखि जेलमा राखिएकामा मंगलबार रिहाइ गरिएको थियो । रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com