‘बजेट लैंगिक मैत्री भएन’


प्रकाशित मिति : जेष्ठ १६, २०७५ बुधबार

सरकारले आर्थिक वर्ष २०७५/७६ को लागि ल्याएको बजेट लैंगिक मैत्री नभएको अधिकारकर्मीले आरोप लगाएका छन् ।

आर्थिक वर्ष २०७५/७६ का लागि अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संसद्मा प्रस्तुत गरेको बजेट बारे बोल्दै अधिकारकर्मी राजनीतिज्ञले महिला, बालबालिका र समाज कल्याणमा चालु आर्थिक वर्षको भन्दा कम बजेट आउनु नै दुखद् भएको टिप्पणी गरेका छन् ।

सरकारले आर्थिक वर्ष २०७५/०७६ मा महिला‚ बालबालिका र जेष्‍ठ नागरिकतर्फ एक अर्ब ८८ करोड १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । जबकी चालु आर्थिक वर्ष २०७४/७५ मा महिला, बालबालिका र समाज कल्याणका लागि २ अर्ब २३ करोड रुपैयाँ बजेट बिनियोजन भएको थियो । गत वर्षको भन्दा यो वर्षको बजेट ३४ करोड ८८ लाखले कम हो ।

यसै सन्दर्भमा यसपालीको बजेट सम्बन्धमा महिला खबरले अधिकारकर्मी तथा राजनीतिज्ञको प्रतिक्रिया लिएको छ । उहाँहरूको प्रतिक्रिया जस्ताको तस्तैः

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

महिला केन्द्रित रोजगारलाई फोकस गरेन्ः विन्दा पाण्डे, सांसद

बजेटले तल्लो वर्गको जनतालाई सम्बोधन गरेको छ । तर महिला केन्द्रित रोजगारलाई फोकस गर्न सकेन । गर्भवती हुँदा यातायात खर्चमा दोब्बर गर्ने र दुर्गम क्षेत्रमा एयर एम्बुलेन्स संचालन गर्ने यी दुई कुरामा मात्र नयाँ छन् । अरु पुरानै छ । हिंसा न्यूनिकरणका कुरा लेखिएको छ । कार्यान्वयन गर्ने सन्दर्भमा कस्तो सयन्त्र बनाएर काम गर्ने भन्नेमा भर पर्छ ।

हिंसा न्यूनिकरण गर्ने सन्दर्भमा प्रधानमन्त्रीले पनि कडा रुपमा बोल्नुभएको छ । हिंसाको मूल जरा पत्ता लगाएर काम गर्न सके अवश्य पनि हिंसा कम हुन्छ ।

बजेटले महिलाका मुद्धालाई समेट्न सकेनः कमला पन्त, पूर्व सांसद नेपाली काँग्रेस

बजेटले महिलाका मुद्दालाई प्राथमिकतामा राखेन । छुट्टै ढंगले महिलाका मुद्धालाई सम्बोधन गर्नुपथ्र्यो । स्थानीय तहमा निर्वाचित महिलाहरूको क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रमका विषयलाई समेट्नु प¥यो । त्यसमा ध्यान पु¥याएको देखिएन । समग्रमा महिलाको तर्फबाट हेर्दा अलि निराशाजनक छ बजेट ।

गरिबमा पनि लैंगिक हिसाबले हेर्दा महिला झन् गरिब छन् । महिलाको आर्थिक अवस्था नउकासेसम्म देशले अग्रगति लिन सक्दैन । त्यसले महिलाको आर्थिक विकासको पाटोमा पनि ध्यान दिइएको जस्तो देखिएन । लैंगिकताको आँखाले हेदा यसपालीको बजेट उत्साहजनक छैन ।

पुरानै कार्यक्रमलाई निरन्तरता : पुष्पा निरौला घिमिरे, अर्थशास्त्रका सहप्राध्यापक

एक दुई वटा महिला लक्षित कार्यक्रमबाहेक लैंगिक सशक्तिकरण, लैंगिक मूल प्रवाहिकरणका केही कुराहरू पनि बजेटमा आएनन् ।

राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागी गराउने भन्ने छ । यस्तो अवस्थामा राज्यको स्रोत र साधनमा पनि ३३ प्रतिशत महिला सुनिश्चित हुने खालको कुनै मोडालिटि र मेकानिजम हुनुपथ्र्यो । अहिले पुरुषहरू विदेशीदा त्यसको भार महिलाहरूलाई परेको अवस्था छ ।

कृषिमा महिलालाई सम्बोधन कतै पनि भएन । मैले त एउटा लैंगिक सशक्तिकरण, महिला सशक्तिकरण शिर्षकमा बजेट आउँला भन्ने लागेको थियो । किनकी स्थानीय निकायमा पनि महिलाहरूको भूमिका बढेको अवस्था छ । भोली स्थानीय निकायले कस्तो गर्छ । केन्द्रकै सिको गर्ने हो भने त महिलाको विषयमा केही पनि आएन ।

अलि अलि सुत्केरी, मातृशिशु सम्बन्धी केही कार्यक्रम आएको छ । यसपालीको बजेट पुरानैको निरन्तरता हो । महिलाको घरायसी कामको बोझ, महिलाको बढ्दो कार्यभार, कृषिमा महिलाकरण, गरिबी, वैदेशिक रोजगार क्रमले महिलामा पर्ने प्रभाव आदिमा कतैबाट पनि सम्बोधन भएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com