५० हजार नहुँदा धनमतीले नौं महिनाअघि भाँच्चिएको खुट्टाको उपचार पाइनन्


प्रकाशित मिति : जेष्ठ १६, २०७५ बुधबार

बाजुराको बडिमालिका नगरपालिका ५ कोर्ध की ४१ वर्षीया धनमती बढुवाल उपचार अभावमा पीडा सहन बाध्य छिन् ।

गएको असोजमा भिरबाट ढुङ्गा खसेर खुट्टा भाँच्चिएको र पैसाको अभावमा अहिलेसम्म उपचार गर्न नपाएको धनमतीले बताइन् ।

श्रीमान मानसिंह बढुवालको तीन वर्ष पहिले भिरबाट खसेर मृत्यु भएपछि छोरा चन्द्राकुमारीसँगै बेसहारा जीवन बिताइरहेकी धनमतीले साथमा एक रुपैयाँ नहुँदा भाँच्चिएको खुट्टा जोड्न नसकेको दुखेसा गरिन् ।

खुट्टा भाँच्चिएको आठ महिनापछि गत बैशाखमा गाउँलेले जिल्ला अस्पताल बाजुरा लगिदिएको धनमतीले बताइन् । तर जिल्ला अस्पतालले यहाँ उपचार सम्भव नभएको भन्दै रिफर गरिदिएपछि आफूले उपचार नपाएको उनले बताइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

श्रीमानको मृत्युपछि जेठाजु, देबरले छोरा नभएकी अपुती भन्दै हेला गरेर घरमा समेत बस्न नदिएपछि अहिले नन्द नाता पर्ने केजी खड्काको घरमा सहारा लिइरहेको धनमतीले बताइन् । दुई कक्षामा बपढ्दै गरेकी छोरीलाई भने माइतीमा पढाएको उनले बताइन् ।

धनमतीले आफ्नो उपचारमा सहयोग गरिदिन सबैसँग आग्रह गरेकी छिन् ।

जिल्ला अस्पताल बाजुराका डा. रुपचन्द्र विश्वकर्माले धनमतीको जिल्लामा उपचार सम्भब नहुने बताए । अप्रेशन गर्नु पर्ने भएकाले धनगढी, नेपालगञ्ज लिनुपर्ने बताए । ५० हजार जति भए उनको उपचार हुन सक्ने डा. विश्वकर्माको भनाइ छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com