दिनानाथ शर्मा राष्ट्रिय सभा संसदीय दलको नेता चयन


प्रकाशित मिति : जेष्ठ १६, २०७५ बुधबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा संसदीय दलको नेतामा दिनानाथ शर्मा चयन गरेको छ ।

बुधबार बानेश्वरमा बसेको नेकपा संसदीय दलको बैठकले शर्मामालाई दलको नेता चयन गरेको हो । बैठकले प्रतिनिधिसभा तर्फ नेकपा संसदीय दलको उपनेतामा सुवास नेम्वाङ र प्रमुख सचेतकमा देव गुरुङ चयन भएका छन् । त्यस्तै दलको बैठकले सचेतकमा शान्ता चौधरीलाई चयन गरेको नेकपाले जनाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com