सय ग्राम काँचो सुन ल्याउदा कति तिर्नुपर्छ महसुल ?


प्रकाशित मिति : जेष्ठ १६, २०७५ बुधबार

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार प्रस्तुत गरेको बजेटमा विदेशबाट आउने नेपालीले सय ग्रामसम्म काँचो सुन भन्सार तिरेर ल्याउन पाउने व्यवस्था गरेका छन् ।

अर्थमन्त्रीले हिजो संसदमा पेश गरेको विधेयकमा पचास ग्रामसम्म सुन ल्याउँदा एउटा र त्यसभन्दा बढी ल्याउँदा अर्कै दरको महसूल लाग्ने प्रस्ताव छ।

विदेशबाट फर्केका यात्रुले काँचो सुन ल्याउँदा पहिलो ५० ग्रामसम्म प्रति १० ग्राम ५ हजार २ सय रुपैयाँ महसूल लाग्छ।

त्यसैगरी ५० ग्रामभन्दा बढी ल्याएमा प्रति १० ग्रामको ६ हजार २ सय रुपैयाँ महसूल लाग्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१०० ग्रामभन्दा बढी सुन ल्याएमा बढी भएको परिमाण जति जफत गरिने प्रावधान विधेयकमा छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com