प्रधानमन्त्री ओलीको मन्त्रीहरुलाई ६ महिनाको अल्टिमेटम


प्रकाशित मिति : जेष्ठ १६, २०७५ बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले ल्यापटप चलाउन नजान्ने मन्त्रीलाई पदबाट मुक्त गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री कार्यालय र मन्त्रीपरिषद् बैठकमा कागजी ढड्दा प्रणाली हटाइने तथा कागजमुक्त बनाउने भन्दै प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन् ।

कागजमुक्त कार्यक्रम ६ महिनाधित्र कार्यान्वयन गर्ने भन्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई ल्यापटप चलाउन सिक्न ६ महिनाको समय दिएका छन् । त्यसपछि पनि ल्यापटप चलाउन नजान्ने मन्त्रीलाई बिदा दिने उनले घोषणा गरे ।

‘मैले मन्त्रीपरिषदमा भनि सकेको छु, अब कागजको ढ्ड्डा राख्दैंनौं , बैठक सुरु हुने बित्तिकै ल्यापटपमा कार्यक्रम र एजेण्डा आउँछ ।’ उनले भने, ‘६ महिनापछि आफैं ल्यापटप चलाउन नजाने अर्को चान्समा सिकेर आउनु होला, यहि ल्यापटप लिएर जानु भनेर बिदा गरिन्छ ।’ ६ महिना सम्म मन्त्रीले सहयोगीको सहयोग लिन सक्ने पनि बताए ।

नेपाल राष्ट्रिय शिक्षक संगठनको १२औँ महाधिवेशन बुधबार राजधानीको राष्ट्रिय सभागृहमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सिंगो देशलाई सुचना प्रविधि बनाउने सरकारका योजनाहरु सुनाए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले शिक्षकहरुलाई आफ्नो विषयमा विज्ञ हुन पनि आग्रह गरे । ‘अंग्रेजी पढाउने शिक्षकले अंग्रेजी पढाउन जान्नै पर्छ, कमाण्ड छैन भने कमाण्ड गर्न सक्ने हुनुहोस्,’ उनले भने । ल्यापटप चलाउन नजान्ने मन्त्रीहरुलाई बिदाई गरेजस्तै पढाउन नसक्ने शिक्षकहरुलाई पनि बिदाई गरिने उनको भनाई थियो ।

‘सिकाईलाई प्रविधिमैत्री बनाउनु आवश्यक छ,’ उनले भने, ‘पढाई सकेपछि रोजगारी खोज्ने होइन, जागिरले योग्य जनशक्ति खोज्दै आउने वातावरण बनाईन्छ ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com