हामी भ्रष्ट भए सदाचार कहाँ पाइएला ? : प्रम ओली


प्रकाशित मिति : जेष्ठ १६, २०७५ बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीप्रधानमन्त्री ओलीले वर्तमानसरकारले जनताको भरोसालाई तलमाथि पर्न नदिने दावी गरेका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठनको १२औं महाधिवेशनको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘जनताको लागि यो सरकार अन्तिम आशा हो । जनताको यो आशालाई तलमाथि पर्न दिइदैन । हामी भ्रष्ट भए सदाचार कहाँ पाइएला ? त्यसकारण सदाचार भएर देश बनाउन सबै लाग्नु पर्दछ ।’

प्रधानमन्त्री ओलीले बालबालिकालाई असफल गराएर सरकार र शिक्षा प्रणालीले अपराध गरिरहेको बताए ।

प्रधानमन्त्री ओलीले हरेक बालबालिकामा फरक फरक खालका क्षमता हुने तर शिक्षाले सैद्धान्तिक ज्ञानलाई मात्र मान्यता दिने नाममा बच्चालाई असफल गराएर ठुलो अन्याय गरेको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘असाधरण क्षमता भएका साना नानीहरुलाई हामी फेल बनाएर उनीहरुको हृदयमा बन्चरो हानिरहेका छौं’ प्रधानमन्त्री ओलीले भने ‘ती बच्चाहरु फेल होइन सरकार,शिक्षक,विद्यालय ,पाठ्यक्रम र शिक्षा प्रणाली फेल हो ।’

बच्चाहरुको क्षमता पहिचान गरेर रुचीको विधामा उनीहरुलाई सिक्ने अवसर प्रदान गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले सरकारी विद्यालयको नतिजा सन्तोषजनक नरहेको बताए ।  शिक्षकहरुलाई नतिजा सुधार्नका लागि कक्षा कोठामा प्रविधिको प्रयोग र शिक्षकहरुलाई अध्ययन गर्ने बानी बसाउन आग्रह गरे ।

‘पढाउन नजान्ने शिक्षक राखेर हुदैन’ प्रधानमन्त्री ओलीले भने, ‘सबै शिक्षकहरुले आफूले पढाउने बिषयमा दक्षता हासिल गर्नुहेस । बिषयवश्तुको ज्ञान शिक्षकलाई नै छैन भने कसरी पढाउनुहुन्छ ?’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com