दरबारमार्गका सई घुससहित महराजगञ्जमा पक्राउ


प्रकाशित मिति : जेष्ठ १६, २०७५ बुधबार

महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी नायब निरीक्षक (सई) विरेन्द्र एडी वृत्त महाराजगञ्जको क्षेत्रमा घुस लिदैं गर्दा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले एडीलाई २४ हजार रुपैयाँ घुससहित मंगलबार रिचमन्ड रेष्टुरेन्टबाट नियन्त्रणमा लिएको हो। सई एडीले सोही रेष्टुरेन्टबाट घुस लिएको अख्तियारले जनाएको छ।

आयोगका अनुसार २०६३ मा असईबाट प्रहरी सेवा प्रवेश गरेका एडी दरबारमार्ग अघि काठमाडौंका विभिन्न वृत्त र प्रभागमा कार्यरत थिए।

करिब ११ वर्ष लामो कार्यकालमा दर्जनौं पटक आन्तरिक कारवाहीमा परे पनि उनको सरुवा काठमाडौं बाहिर लामो समयका लागि भएको थिएन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केही समय ट्राफिकमा समेत बसेका एडीले काठमाडौंमा आफू कार्यरत पूर्व वृत्तहरूका क्षेत्रमा रहेका रेष्टुरेन्ट, बालुवा खानी र रात्रिकालीन व्यवसायीसँग मासिक रकम असुल्दै आएका थिए।

उनको व्यवहारबाट पीडित व्यवसायीले आयोगमा उजुरी दिएपछि मंगलबार उनी रंगेहात पक्राउ परेका हुन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com