चाैथाेपटक मन्त्रीमण्डल विस्तार हुँदै, फाेरमलार्इ दुर्इ मन्त्रालय दिने तयारी


प्रकाशित मिति : जेष्ठ १४, २०७५ सोमबार

संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने निश्चित भएसँगै फाेरमलार्इ दुर्इ मन्त्रालय दिने तयारी भइरहेकाे विशेष स्राेतले जनाएकाे छ । फाेरमलार्इ सरकारमा सामेल गराउन प्रधानमन्त्री केपी शर्मा अाेली चाैथाेपटक मन्त्रिमण्डल हेरफेर गर्ने तयारी छन्

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फोरम अध्यक्ष उपेन्द्र यादवबीच सोमबार दुई बुँदे सहमति भएकाे छ ।

फोरमले शहरी विकाससहित दुईवटा मन्त्रालय पाउने सहमति भएको स्रोतको दाबी छ । यद्यपि यसबारे सरकारले अाैपचारिक धारणा सार्वजनिक गरिसकेकाे छैन । हाल शहरी विकास मन्त्रालय प्रधानमन्त्री अाफैसँग रहेकाले फाेरमलार्इ उक्त मन्त्रालय दिन कुनै अप्ठेराे नरहेकाे स्राेतकाे भनाइ छ । फाेरमले अर्काे स्वास्थ्य र सूचना तथा संचार मन्त्रालय मन्त्रलय पाउन सक्ने अाँकलन गरिएकाे छ, जुन हाल राज्यमन्त्रीले सम्हालेका छन् ।

नेकपाका केही मन्त्रीको जिम्मेवारी हेरफेर हुन सक्ने सम्भावना रहेको स्रोतको भनाइ छ । सुरूदेखि नै फोरम सरकारमा सहभागी हुने कुरा चलेकाे थियाे तर विभिन्न असमझदारीले गर्दा ढिलाइ भएकाे बताइन्छ । फाेरम सरकारमा जाने भएभछि मधेसकेन्द्रित अर्काे प्रभावशाली पार्टी राजपासँग भने सम्बन्ध चिसिएकाे छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com