बालकृष्ण ढुंगेलसहितको कैद माफी प्रस्ताव मन्त्रिपरिषद्‌मा , आजै कैद माफीको निर्णय हुने


प्रकाशित मिति : जेष्ठ १३, २०७५ आईतबार

सर्वस्वसहित जन्मकैदको सजाय पाएका नेता तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलको बाँकी कैद माफी सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगेको छ।

ढुंगेलसहित करिब ८ सय ५० कैदीको कैद माफी सम्बन्धी प्रस्ताव गृह मन्त्रालयले मन्त्रिपरिषद्‌मा पठाएको हो।  आज साँझ मन्त्रिपरिषद्को बैठक बस्दै छ। सम्भवतः आजै कैद माफीको निर्णय हुने गृह मन्त्रालय स्रोतले जनाएको छ।

कारागार व्यवस्थापन नियमावली र कार्यविधि अनुसार ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलनको आधारमा कैदीलाई छाड्न सकिन्छ। सोही प्रावधान अनुसार ढुंगेललाई गणतन्त्र दिवसको दिन आगामी जेठ १५ गते छाड्न लागिएको छ। कैद माफी गर्न सरकारले निर्णय गरेपछि राष्ट्रपतिबाट स्वीकृत हुनुपर्छ। आइतबार सरकारले निर्णय गरी सोमबार राष्ट्रपतिले स्वीकृत गरी मंगलबार कैदीहरुलाई छाड्ने तयारी छ।

नेपालको कानुन अनुसार जन्मकैद सजाय भनेको अधिकतम २० वर्ष मात्र कैद सजाय हुन्छ। ढुंगेल द्वन्द्वकालमै पक्राउ परी साढे ७ वर्ष जेल बसेका थिए। कात्तिकमा पक्राउ परेका उनको कैद भुक्तान बैसाखमै ८ वर्ष पुगिसकेको छ। २० वर्षको ४० प्रतिशत ८ वर्ष हुन्छ। त्यसकारण असल चालचालनको कैदी भनेर सोही कार्यविधि अनुसार उनलाई जेलमुक्त गर्न लागिएको हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यविधि अनुसार २३ वटा मुद्दा बाहेक अन्यमा कैद माफी दिन सकिने प्रावधान छ। कर्तव्य ज्यान मुद्दालाई पनि माफी दिन मिल्ने अन्तर्गत राखिएको छ। जसकारण ढुंगेलले पनि १२ वर्ष कैद माफी पाउन लागेका हुन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com