श्रीमती र छोरीहरु मिलेर आँखामा खुर्सानीको धुलो छर्केर निर्घात कुटपिट


प्रकाशित मिति : जेष्ठ १३, २०७५ आईतबार

उपेन्द्र येक्तेन ।
पाँचथरको फिदीम नगरपालिका–११, फेवादिनका नरबहादुर बुढाथोकीलाई श्रीमती र आफ्नै दुई जना छोरीहरुले निर्घात कुटपिट गरेका छन् ।

५३ वर्षका नरबहादुरलाई श्रीमती कुन्ता र दुई छोरीहरु चन्द्रकला र वविता मिलेर आँखामा खुर्सानीको धुलो छर्केर दुवै हात र खुट्टा बाधेर कुटपिट गरेको खुलासा भएको हो । निर्घात कुटिएका बुढाथोकीको पाँचथर अस्पतालको सहकार्यमा सञ्चालनमा रहेको एकद्धार संकट व्यस्थापन केन्द्रमा उपचार भइरहेको छ । उहाँको दुवै आँखामा खुर्सानीको धुलो हालिएको कारण गम्भीर असर परेको अस्पतालले जनाएको छ ।

टाउको र दाँया हातमा ४÷४ टाँका लागेको छ । यस्तै शरीरका विभिन्न भागमा निलडाम र चोट लागेको छ । श्रीमती र बिहे गरिसकेका छोरीहरु माइत आएर आमा छोरी मिलेर नरबहादुरलाई निर्घात कुटपिट गरी खोल्सामा लगेर फालेको र त्यसपछि आफू रोइ कराइ गरेपछि छिमेकीहरुले थाहा पाएर उद्धार गरेको पीडित बुढाथोकीले बताउनुभयो ।

श्रीमानलाई कुटपिट गर्ने श्रीमती र छोरीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको पाँचथर प्रहरीले जानकारी दिएको छ । बुढाथोकीको परिवारमा पहिलादेखि नै श्रीमान र श्रीमतीबीचमा विवाद रहदैं आएको स्थानीयले बताएका छन् । घटना बुधबार राति नै भए पनि शनिबारमात्र सार्वजनिक भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com