लालबाबु पण्डितको स्पष्टीकरण सम्पत्ति कहाँबाट थुप्रियो ?


प्रकाशित मिति : जेष्ठ १२, २०७५ शनिबार

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित बहालवाला मन्त्रीको सम्पत्ति सार्वजनिक गरेको थियो । सम्पत्ति विवरणमा मन्त्री भन्दा पनि मन्त्रीका श्रीमतीहरु धनि देखिएपछि विभिन्न टिका टिप्पडी आउन थाले ।

सबै मन्त्रीहरूले सम्पत्ति सार्वजानीक गरे पनि प्राय ससुरालीबाट दाइजो आएको र साथीले उपहार दिएको भन्ने आम्दानीको स्रोत छ । सम्पत्ति विवरणमा दुईवटा कुकुर समेत आएको थियो ।

अहिलेको चर्चित नेता सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको सम्पत्ति विवरणमा ५५ लाख देखिएपछि पण्डितको सम्पत्तिमा पनि सामाजिक सञ्जालमा विभिन्न टिक टिप्पडी आए । टिक टिप्पडी आउन थालेपछि पण्डितले आफ्नो आम्दानी स्रोत खुलाएका छन् ।

उनले घडेरी बेचेर थप सम्पत्ति आर्जन गरेको बताएका छन् । आफूले सार्वजनिक गरेको सम्पत्ति विवरणले सर्वसाधारणमा भ्रम सिर्जना भएको भन्दै उनले यस्तो प्रष्टकरण दिएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले आफ्नो सार्वजनिक जीवन घाम जस्तै छरलङ्ग भएको बताउँदै मन्त्री पण्डितले भने, ‘मेरो घडेरी बेचेर नगद जम्मा भएको हो ।’ उच्च निष्ठा र इमानका साथ देश र जनताको पक्षमा अहोरात्र खटिने भएकाले आफ्नो लागि पैसा वा सम्पत्ति महत्त्वपूर्ण नभएको बताएका छन् ।

बुधवार सार्वजानिक गरेको सम्पत्ति विवरणमा मन्त्री पण्डितको विराटनगर एक कट्ठामा बनेको ५ कोठे घर र ललितपुर भैसेपाटीमा पत्नीविमलाको नाममा ४ आना जग्गा १० तोला सुन र १५ तोला चाँदी, नगद ५५ लाख र एकथान साइकल रहेको छ । ५५ लाखमध्ये पण्डितको नाममा २५ लाख र पण्डितकी श्रीमती बिमलाको नाममा ३० लाख बचत रहेको छ ।

मन्त्रीका स्वकीय सचिव वसिम आलमका अनुसार मन्त्री पण्डितले उक्त ५० लाख रुपैंयाँ २०७० सालमा संसद्लाई समेत देखाइसकेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com