नेपालमा अब नयाँ अमेरिकी राजदूत, को हुन् र्‍यान्डी ?


प्रकाशित मिति : जेष्ठ १२, २०७५ शनिबार

नेपालमा नयाँ अमेरिकी राजदूत आउने भएका छन् । र्‍याण्डी डब्लु बेरी नेपालका लागि नयाँ राजदूत सिफारिस भएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई नेपालका लागि नयाँ राजदूतका रुपमा सिफारिस गरेका हुन् । अमेरिकाको संसदले यो सिफारिस पारित गरेपछि उनी नेपाल आउनेछन् ।

हाल नेपालकी राजदूत रहेकी एलियना बी टपलेज श्रीलंका र माल्दिभ्समा राजदूतकै रुपमा जाने भएकी छिन् ।

सन् १९९३मा अमेरिकाको परराष्ट्र सेवामा प्रवेश गरेका बेरीले नेपाल, बंगलादेश, इजिप्ट, साउथ अफि्रका र युगान्डाका अमेरिकी नियोगमा रहेर कुटनितिज्ञको भूमिका निर्वाह गरिसकेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले सन् २००७ देखि ९सम्म नेपालस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनका रुपमा काम गरिसकेका छन् । बेरीले न्युजिल्याण्डमा कन्सुल जनरलको भूमिका पनि निभइसकेका छन् ।

उनी समलंगी अधिकारकर्मी समेत हुन् । आफैं पुरुष समलिंगी पनि हुन् । तत्कालीन राष्ट्रपति बराह ओबामाले उनलाई अमेरिकाको समलिंगी अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय दूतमा नियुक्त गरेका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com