गोरेले २ लाख रुपैयाँ चन्दा एमाले सांसदलाई दिएको आरोप


प्रकाशित मिति : जेष्ठ ११, २०७५ शुक्रबार

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डमा मुछिएका चूडामणि उप्रेती ‘गोरे’ सँग ‘कनेक्सन’ रहेको पाइएपछि पक्राउ परेका रेवन्तकुमार आचार्यले चन्दा लेनदेनबारे नयाँ तथ्य बाहिर ल्याएका छन् । 

उर्लाबारी नगरपालिका-२ निवासी रेवत भनिने नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तासमेत रहेका सुन व्यापारी आचार्यले गोरे र नेताहरुबीचको ‘कनेक्सन’ को खुलासा गरेका हुन् ।

बिहीबार साँझ पक्राउ परेपछि शुक्रबार जिल्ला अदालत मोरङमा म्याद मिलानका लागि पुर्याइएका उनकै उपस्थितिमा गोरेले २ लाख रुपैयाँ चन्दा नेकपाका एकजना वर्तमान सांसदलाई दिएको जिकिर गरेका हुन् ।

‘हामीसँगै रहेका बेला ‘गोरे’ले मंसिरको निर्वाचनमा तत्कालीन एमालेका नेता घनश्याम खतिवडा (वर्तमान प्रतिनिधि सभाका सदस्य) लाई २ लाख रुपैयाँ चन्दा दिएका हुन्’, आचार्यले भने, ‘त्यो बेला हाल नेकपाबाट प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडालाई दुई लाख रुपैयाँ चुनावी खर्च मेरै उपस्थितिमा गोरेले दिएका थिए ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गोरेलाई म चिन्दिनँः घनश्याम

एमाले कार्यकर्ताबाटै गम्भीर आरोप लागेपछि प्रतिनिधि सभा सदस्य खतिवडाले भने यस कुराको कडा प्रतिवाद गरेका छन् । खतिवडाले यस्तो वाहिया कुराबारे समाचार बनाउनुको कुनै तुक नभएको पनि प्रष्टिकरण दिए ।

‘यस्तो कुरा सबै वाहियात हो, गोरे को हो ? म चिन्दै चिन्दिनँ, चिन्दै नचिनी कसरी पैसा दिन्छ ?’, खतिवडाले प्रश्न गरे, ‘मेरो इमानमाथि प्रश्नचिन्ह खडा गर्ने गरी उठाइएको यो कुरा विलकुल वाहियात हो ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com