इन्टरपोलको सहयोगमा कुबेत बाट मानव तस्कर पक्राउ


प्रकाशित मिति : जेष्ठ ११, २०७५ शुक्रबार

नेपाली महिला हरुलाई कुवेत लगेर बेचबिखन गर्ने मोष्ट वान्टेड दम्पती कुवेतमा पक्राउ परेका छन्।

सिन्धुपाल्चोक ठुलोपाखरकी मिना लामा र उनका श्रीमान श्याम कुमार लामालाई कुबेत प्रहरीले बजे पक्राउ गरेको हो। उनीहरुविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको थियो।

पक्राउ परेकी मिनालाई प्रहरीले इन्टरपोलको सहयोगमा नेपाल लगेको छ। भने उनका श्रीमानलाई आगामी साता लैजाने तयारी रहेको स्रोतले जानकारी दिएको छ। नेपाल तामाङ घेदुङ कुबेतका बरिस्ठ सल्लाहकार तथा मेनपावर व्यावसायि सघ कुबेतका अध्यक्ष समेत रहेका श्याम कुमार तामाङले बिगत एक दशक देखि नेपाल बाट भारत तथा युएईको बाटो हुँदै अबैधानिक रूपमा महिलाहरुलाइ कुबेत पुर्याइ बेचबिखन गर्दै आएका थिय।

स्रोतका अनुसार पछिल्लो समयमा उनीहरुले सिन्धुपाल्चोककै प्रिती तामाङलाई कुबेत लगेर बेचेका थिए। प्रितीलाई कुबेत लगेर बेच्ने विजय तामाङलाई गत भदौमा महाशाखाले पक्राउ गरी मुद्दा दायर गर्दा सो गिरोहका नाइके मिना र श्याम भएको खुल्न आएको थियो ।उनीहरु कुवेतमै बसेर यस्तो धन्दामा सक्रिय रहेको खुलेपछि नेपाल प्रहरीले रेड कर्नर नोटिसका लागि प्रक्रिया अघि बढाएको थियो।
लामो समय देखि कुबेतमा बस्दै आयका उनिहरुले सयौं नेपाली महिला हरुलाई विभिन्न प्रलोभनमा पारी कुबेत पुर्याउने र त्यहा पुर्याइ मोटो रकम लियर बेच्ने गरेको खुल्न आएको छ।
पछिल्लो समय सरकारले घरेलु कामदारमा जान नेपाली महिलालाई रोक लगाय सङ्गौ खाडिका देश कुबेत इराक र इरानमा दलाल हरुले अबैधानिक बाटो प्रयोग गरि महिलाहरुको बेचबिखन गर्न कार्य ह्वात्तै बढेको धेरैको बुझाइ छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com