तीन महिनामा ५ सय १० हिंसाका घटना


प्रकाशित मिति : जेष्ठ ११, २०७५ शुक्रबार

दाइजोका कारण नेपालमा महिलामाथि हिंसाका घटना बढ्दै गएका छन् । महिला पुनस्र्थापना केन्द्र ओरेक नेपालले सार्वजनिक गरेको तीन महिनाको तथ्याङ्कले सबैभन्दा बढी दाइजो प्रथाका कारण हिंसा भएको देखाएको छ ।

महिला पुनस्र्थापना केन्द्र ओरेक नेपालले तीन महिनाको अवधीमा भएका ५ सय १० महिला हिंसाका घटना मध्ये सबैभन्दा धेरै ३२ घटना दाइजो प्रथाका कारण भएका छन् ।

दाइजोका कारण १२ जना महिलामाथि कुटपिट भएको छ । ७ जना घर निकाला भएका छन् । ७ जनालाई खान लाउन नदिने, विवाहदर्ता, जन्मदर्ता तथा नागरिकता जस्ता स्रोत सुविधाबाट बञ्चित गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

४ जनामाथि मानसिक हिंसा भएको छ । १ जनाको हत्या प्रयास र १ जनाले दाइजोको कारणले नै आत्महत्या गरेको ओरेकको विज्ञप्तिमा उल्लेख छ ।

कार्यालयमा दर्ता भएका र विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका घटनालाई आधार मान्दै ओरेक नेपालले २०७४ फागुन, चैत र वैशाखमा विभिन्न स्वरुपका ५ सय १० वटा महिला हिंसाका घटना भएको जनाएको हो । महिलामाथि आफ्नै श्रीमान र घरपरिवारबाट बढी हिंसा भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com