‘चीनबाट रेल ल्याउने बाटोबारे तीन महिनामा यकिन’


प्रकाशित मिति : जेष्ठ ११, २०७५ शुक्रबार

चीनको सीमावर्ती क्षेत्रबाट काठमाण्डू जोड्ने भनिएको बहुचर्चित रेलको बाटोबारे अबको तीन महिनाभित्र टुङ्गो लाग्ने भएको उच्चअधिकारीहरूले बताएका छन्।

उक्त रेलमार्गबारे हाल जारी पूर्वसम्भाव्तयता अध्ययनमा चिनियाँ प्राविधिकहरूसँगै संलग्न नेपाली अधिकारीहरूका अनुसार, अगस्ट महिनाभित्रमा कुन विन्दुबाट काठमाण्डू जोड्दा आर्थिक तथा भौगर्भिक लगायतका दृष्टिले उपयुक्त हुनेछ भन्ने प्रतिवेदन तयार हुनेछ।

चिनियाँ टोलीले काठमाण्डू जोड्ने मार्गबारे विभिन्न तीन विकल्पमा अध्ययन गरिरहेको बताइएको छ।

विकल्प

केरुङ

केरुङ वा तातोपानीबाट काठमाण्डू जोड्ने या केरुङको केही पूर्व क्षेत्रबाट रेलमार्ग ल्याउने भन्नेबारे अध्ययन भइरहेको जनाइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संयुक्त अध्ययनमा संलग्न नेपाली टोलीका सदस्य एवम् रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्याय तीनैवटा विकल्पअन्तर्गतमा विचार गरिएका विन्दुबारे भन्छन्, “गल्छी, दोलालघाट, केरुङसँग जोडिएको क्षेत्रको अध्ययन भइरहेको छ”।

वैकल्पिक मार्गबारे कहिलेसम्म टुङ्गो लाग्ला त?

जवाफमा उपाध्याय भन्छन्, “हामी चीन जाँदा र चिनियाँ टोली यहाँ आउँदा यही अगस्ट महिनाभित्र रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन पूरा गर्ने सहमति भएको छ।”

अर्थ

चिनियाँ रेलवे

 

त्यसको अर्थ अबको करिब तीन महिनामा कुन मार्ग हुँदै रेल ल्याउँदा आर्थिक रुपमा कम भार पर्ने तथा भौगोलिक वा भौगर्भिक दृष्टिले सुरक्षित हुनेछ भन्ने टुंगो लाग्नेछ।

केरुङ-काठमाण्डू जोड्ने बाटो भूकम्पीय हिसाबले जोखिमपूर्ण रहेको तथा धेरै सुरुङ बनाउनुपर्ने अवस्था रहेको भन्दै उक्त रेलमार्ग निर्माणप्रति यसअघि आशंका व्यक्त नभएका पनि होइनन्।

शायद, त्यसैले वैकल्पिक मार्गबारे पनि विचार भइरहेको हुनसक्छ।

रेलमार्ग

 

पूर्वसम्भाव्यताको त्यस्तो काम सकिएपछि डेढ वर्षजतिमा सम्भाव्यता अध्ययन हुने अधिकारीहरू बताउँछन् जसपछि बल्ल विधिवत् निर्माण प्रक्रिया थाल्न सकिनेछ।

त्यसअघि उक्त रेलमार्ग कुन वित्तीय प्रारुपमा बनाउने भन्ने लगायतका विषयपनि टुंग्याइसक्नुपर्नेछ।

नेपालले अर्बौं रुपैयाँ लाग्ने उक्त रेलमार्ग चिनियाँ अनुदानमै बनाउन बेइजिङलाई आग्रह गरिसकेको छ र सो विषयले प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा औपचारिकता पाउने ठानिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com