आत्मसमर्पण गर्न नेपाल आएका थिए गोरे
प्रकाशित मिति : जेष्ठ ९, २०७५ बुधबार
;’g t:s/Lsf d’Vo cleo’Qm ;fj{hlgs ;f9] ## lsnf] ;’g t:s/Lsf d’Vo cleo’Qm uf]/] elgg] r”8fdl0f pk|]tLnfO{ kqmfp u/L ;fj{hlgs ug{ u[x dGqfnodf cfof]lht kqsf/ ;Dd]ngdf n}hfFb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;
तस्करीको सुन र सनम शाक्य हत्या काण्डका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती गोरे आत्मसमर्पण गर्न नेपाल आफैं आएको खुलेको छ।
गोरेलाई छानबिन समितिले काठमाडौंको गौरीघाटबाट मंगलवारबिहान साढे पाँच बजे पक्राउ गरेको थियो।तस्करीको ३३ किलो सुनकाण्ड र सनम हत्या काण्डको मुख्य अभियुक्त गोरेलाई बनाईएको र ४ वर्षमा करिव ३८ सय किलो अवैध सुन गोरेलेनै भित्र्याएको भन्ने कुरा आएपछि सत्य कुरा बाहिर ल्याउन गोरे आफैं नेपाल आएको स्रोतले जानकारी दिएको छ ।

स्रोतले भन्यो ‘तस्करीको सुन व्यवस्थापन गर्ने गोरेलाई ३८ सय किलो सुनको मालिक नै जस्तै बनाइयो। त्यो कुरा गोरेलाई चित्त बुझेन। उनी आफै आएर समितिसमक्ष सुनमा खास कसको लगानी भन्ने बारेमा खुलाउन चाहन्थे।’
प्रहरीले इन्काउन्टर गर्न सक्ने भएकाले उनलाई आत्मसमर्पण गर्न लगाउने योजना गोरेका आफन्तले बनाएका हुन्। यो मुद्दामा पक्राउ परेकामध्ये केही गोरेका आफन्त पनि छन्। गोरेका बुवाले गोरे भागिरहे उनको ज्यान नै खतरामा पर्ने बरू आत्मसमर्पण गरे ज्यान जोगिने भन्दै उनलाई काठमाडौं बोलाउन अरू आफन्तलाई आग्रह गरेका थिए।स्रोतका अनुसार गोरे सोमबार काठमाडौं आएका थिए।
उनी काठमाडौं आएको कुरा उनका परिवारले समितिलाई सूचना दिएपछि उनलाई मंगलबार पक्राउ गरिएको थियो । गोरेलाई मोरङ जिल्ला अदालतमा सुन तस्करी र त्यससँग सम्बन्धित सनम शाक्य हत्या प्रकरणमा पेश गरिएको छ ।
मंगलबार काठमाडौंबाट पक्राउ गरी मोरङ पुर्याइएका गोरेलाई अपराह्न जिल्ला अदालतमा पेश गरिएको थियो ।






