‘पाइखाना जाँदा पनि कानमा तार लगाएर कुरा गर्थी’ –बुहारीलाई फोनले बिगार्‍यो


प्रकाशित मिति : जेष्ठ ९, २०७५ बुधबार

पाल्पाको तानसेन नगरपालिका –१२, की तुलसा विक दुई वर्षकी छोरी घरमै छोडेर वेपत्ता भएकी छन् ।
वैदेशिक रोजगारीमा रहेका श्रीमान् नेपाल आउने थाहा पाएपछि तुलसा छोरीलाई घरमै छोडेर हिँडेकी ससुरा दलबहादुर विकले जानकारी  दिए ।
२० वर्षीया तुलसा यहि हप्ताकोआइतबारदेखि पैसा र गरगहना लिएर सम्पर्कविहीन भएको भन्दै दलबहादुरले जिल्ला प्रहरी कार्यालय पाल्पामा खोजीका लागि निवेदन दिएका छन् । तुलसाका श्रीमान अमर त्यही दिन काठमाडौं आइपुगेका थिए । तुलसा पैसा निकाल्न बैङ्कमा जान्छु भनेर घरबाट हिँडेको उनले बताए ।

विदेशमा रहेको छोरोले डेढ वर्षमा बुहारीकै नाउँमा दुबईबाट पठाएको झण्डै ६ लाख रुपैया र ३ तोला सुनका गरगहना लिएर भागेको तुलसाकी सासू उजेली र ससुरा दलबहादुरले बताउछन् ।

श्रीमान विदेश गएपछि तुलसा धेरै समय मोबाइलमै व्यस्त हुने गरेको सासूससुराले बताएका छन् । ‘पाइखाना जाँदा पनि कानमा तार लगाएर कुरा गर्थी’, सासु उजेलीले भनिन्, ‘बुहारीलाई त्यै फोनले बिगार्यो ।’ नातिनी आमा खोज्दै रातदिन रुनेमात्र गर्छे र खाना खान पनि मान्दिन कता गएकी होली यति सानो छोरी छोडेर।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com