बोक्सीको आरोपमा जनप्रतिनिधिबाटै कुटिइन गीता


प्रकाशित मिति : जेष्ठ ९, २०७५ बुधबार

रौतहटमा एक महिला बोक्सीको आरोपमा कुटिएकी खबर आजको नागरिक दैनिकले छापेको छ।

बोक्सीको आरोपमा कुटिएर उपचारको लागि गौर अस्पतालमा भर्ना भएकी गीतादेवी राम । तस्बिर : नागरिक

समाचारका अनुसार गौर ३ की ३० बर्षीया गीतादेवी रामलाई उनका जेठाजु र गौर नगरपालिका वडा नम्बर ३ बाट महिला सदस्य पदमा निर्वाचित जेठानी सुमित्रा रामले बोक्सीको आरोपमा कुटपीट गरेका हुन्। कुटपीटबाट घाइते गीता अस्पताल भर्ना भएकी छिन्। पत्नी गीतासँगै रामसुन्दर राम पनि कुटिएका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com