सन्दिपलाई लिएर दिल्ली डेयर डेभिल्सले गर्यो यस्तो ट्वीट..


प्रकाशित मिति : जेष्ठ ८, २०७५ मंगलबार

इन्डियन प्रिमियर लिगको खेल सकेर सन्दीप लामिछाने मंगलबार स्वदेश फर्किएका छन् ।

दिउँसो ४ बजेर १५ मिनेटमा जेट एयरवेजको विमानबाट त्रिभुवन विमानस्थलमा आइपुगेका सन्दीप लाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो । स्वागतमा खेल पदाधिकारी तथा खेलप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

लामिछाने नेपाल फर्केसँगै दिल्ली डेयरडेभिल्सले ट्वीट गर्दै सन्दीपलाई धन्यवाद दिएको छ । दिल्लीले ट्वीट गर्दै सन्दीपले नेपालको शीर उचो बनाएको जनाएको छ । दिल्लीले सन्दीपले खेलेका तीन वटै खेलमा विकेट लिन सफल भएको जनाउँदै सन्दीपको ‘प्यासन’ र ‘पर्फमेन्स’ म्याच भएको जनाएको छ । साथै सन्दीपजस्तो प्रतिभावान युवा क्रिकेटर आफ्नो टिममा हुनु टिमको गर्वको विषय भएको बताउँदै अर्को सिजनको आईपीएलमा सन्दीप दिल्लीमै रहने विश्वास दिल्ली डेयरडेभिल्सले व्यक्त गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com