१६ वटा सीमा स्तम्भ गायब


प्रकाशित मिति : जेष्ठ ७, २०७५ सोमबार

नेपाल भारतसँगको सिमाना जोडिएको पाँचथरको सीमावर्ती क्षेत्रमा १०३ साना पिल्लरमध्ये १६ वटा गायब भएको पाइएको छ ।

सीमामा १०३ साना पिल्लरमध्ये ८७ वटा मात्र भेटिए । चार वटा पिल्लर गाडिएको स्थानसमेत फेला परेन । बाह्रवटा पिल्लर राखिएको ठाउँ फेला परे पनि सीमा स्तम्भ भने नभेटिएको र भेटिएका ८७ पिल्लर मर्मत गर्नुपर्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले बताउनुभयो । उहाँका अनुसार त्यस ठाउँमा नेपाल प्रहरीको टोलीले स्थलगत अवलोकन गर्दा पिल्लरको अवस्था यस्तो रहेको जनाएको हो ।

जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने नौ जंगे पिल्लर भने भेटिएका छन् । तीमध्ये दुई पिल्लर जीर्ण छन् एउटा जंगे पिल्लर पहिरोका कारण जोखिममा परेको पाइएको अवलोकन र अवलोकन गरी फर्किनुभएका प्रहरी हबलदार काजीमान लिम्बूले बताउनुभयो । उहाँका अनुसार जिल्लाको सीमावर्ती क्षेत्रमा एउटा मात्र मझौला पिल्लर छ, त्यो पनि मर्मत गर्नुपर्ने देखिएको छ । पाँचथरमा पर्ने सीमा स्तम्भको जिल्ला प्रहरी कार्यालयका प्रहरी हबल्दार काजीमान लिम्बू र प्रहरी जवान चन्द्र चौहानले अवलोकन गर्नुभएको थियो ।

अवलोकनका क्रममा पिल्लर नं ३५÷१, ३७, ३८, ४३ र ४३÷३ गरी जम्मा पाँच वटा पिल्लरको अवस्था अज्ञात रहेको, पिल्लर नं. ३९ र ४० फेला नपरेको तर पिल्लर रहेको स्थान (खाल्डो) देखिने, पिल्लर नं ३६ र ४३÷१ भाँच्चिएको अवस्थामा गाडिएको फेला परेको प्रहरी हबलदार लिम्बूले बताउनुभयो । पिल्लर ४१ र ४२÷१को नम्बर नबुझिने गरी सिमेन्ट उक्किएर मर्मत गर्नुपर्ने अवस्थामा रहेको, पिल्लर नं ४१÷१, ४३÷२, ४४÷१, ४४÷२ सामान्य अवस्थामा रहेको पाइएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पिल्लर नं ४४ सामान्य रहेको तर उक्त पिल्लरको नं ४४ हुनुपर्नेमा ४२÷२ उल्लेख भएको, ४२÷२ नं. को पिल्लर अभिलेखमा नरहेको उक्त पिल्लर ४३÷३ र ४४र१ को बीचमा रहेकोले ४४ नं. को पिल्लर सोही हुनुपर्ने देखिएको छ । बाँकी पिल्लर नं ३५, ३६÷१, ४१÷२, ४१÷३, ४२, ४४÷३, ४५, ४५÷१, ४५÷२ राम्रो अवस्थामा रहेको पाइएको छ । निर्माण भएको धेरै लामो समय हुनु, समय समयमा मर्मत तथा सम्भार नहुनु, बिकट स्थानहरुमा रहेका पिल्लहर राम्रो अवस्थामा फेला पर्नु तर गोरेटो बाटो रहेको स्थान र मानिस सजिलै पुग्ने स्थानमा रहेका सीमा स्तम्भहरु जीर्ण हुनु तथा हराउनुमा स्थानीय गोठाला एवं तिम्बु पोखरी जाने पर्यटकहरुले हल्लाउने तथा भत्काउने गरेकाले पिल्लरहरु हराएको वा जीर्ण अवस्थामा पुगेको हुन सक्ने प्रहरीको भनाइ छ ।

प्रहरीको टोलीले सीमा स्तम्भको अवस्था, सीमा क्षेत्रको अवस्थामबारे पनि अवलोकन गरेको थियो  । अवलोकनले तत्काल सीमा स्तम्भ मर्मत र संरक्षण गर्नुपर्ने देखाएको छ । तीन प्रकारका पिल्लरमध्ये जंगे र मझौलाभन्दा साना पिल्लरको संरक्षण तत्काल थाल्नुपर्ने अवस्था छ ।् प्रहरी टोलीले दुई चरणमा सीमा सर्वेक्षण गरेको थियो । रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com