सन्दिपलाई पहिल्यै नखेलाउनुको पोन्टिङले दिनुपर्यो स्पष्टिकरण


प्रकाशित मिति : जेष्ठ ७, २०७५ सोमबार

भारतीय क्रिकेट टिम दिल्ली डेयरडेभिल्सका प्रशिक्षक रिकी पोन्टिङले सन्दिप लामिछानेलाई पहिल्यै टिमबाट किन नखेलाएको भन्ने प्रश्नको स्पष्टिकरण दिएका छन् ।

विदेशी संचारमाध्यमको प्रश्नमाथि स्पष्टीकरण दिँदै उनले भने, ‘सन्दीपको प्रतिभामा हामीलाई शंका थिएन । तर, हामीसँग राबाडा, क्रिस मोरिस, ग्लेन म्याक्सवेल जस्ता अनुभवी खेलाडी थिए । त्यसैले विदेशी कोटामा सन्दीपलाई अटाउन गाह्रो भयो ।’

सन्दीपको बलिङको विषयमा चर्चा गर्दै पोन्टिङले अगाडि भने, ‘हामीले विगत ८-९ हप्तादेखि उनलाई नियालिरहेका छौं । उनी हरेक दिन बिहानदेखि बेलुकासम्म नथाकिकन बलिङ अभ्यास गरिरहन्थे र उनको अनुहारमा मुस्कान कहिल्यै पनि टुट्दैनथ्यो । यस्ता युवा खेलाडीहरु देख्दा असाध्यै खुशी लाग्छ ।’

उनले अघि भनेका छन्, ‘आईपीएलमा उदाएका केही प्रतिभावान युवा खेलाडीमा सन्दीप पनि पर्छन् । हामी उनको लामो र सफल आईपीएल करिअरको आशा गरिरहेका छौं ।’

इन्डियन प्रिमियर लिगको आईबार भएको दिल्ली डेयरडेभिल्स र मुम्बई इन्डियन्स बिचको खेलमा सन्दिपले ३६ रन खर्चेर ३ विकेट लिँदै दिल्लीलाई जित दिलाएका थिए ।

त्यसअघि उनलाई सुरुआती ११ खेलमा बेञ्चमा राखिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com