के हुँदै छ मोर्चासँगको वार्ता ?


प्रकाशित मिति : कार्तिक १३, २०७३ शनिबार

संविधान संशोधनबारे सरकार, मधेसी मोर्चा र संघीय गठबन्धनबीच केही दिनभित्रै औपचारिक वार्ता हुने भएको छ । संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गर्ने गरी औपचारिक छलफल हुन लागेको हो । ‘एक–दुई दिनभित्रै औपचारिक छलफल गर्ने भनेर प्रधानमन्त्रीले बोलाउनुभएको छ, सायद अब गम्भीर छलफल होला,’ सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले भने । उनका अनुसार केही निश्चित बुँदामा सरकारसँग अनौपचारिक रूपमा पटकपटक छलफल भएका छन् ।

सरकार र असन्तुष्ट पक्ष अनौपचारिक छलफलमा मुख्य चार विषय सहमतिनजिक पुगेका छन् । त्यसकै आधारमा औपचारिक छलफल हुन लागेको नेताहरूले बताएका छन् । तर, सहमतिको प्रयासका लागि सरकार पक्षबाट गम्भीरतापूर्वक छलफल हुन नसकेको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बताए । ‘केही अनौपचारिक छलफल भएका छन्, तर संशोधन प्रस्ताव तयार गर्ने गरी छलफल हुन सकेको छैन,’ यादवले भने ।

छिट्टै वार्ता गर्ने प्रचण्ड र देउवाबीच सहमति

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शुक्रबार साँझ भेटवार्ता भएको छ । बालुवाटारमा भएको भेटमा देउवाको आसन्न भारत भ्रमण र मधेसी मोर्चासँग वार्ता गरेर संविधान संशोधन गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको नयाँ पत्रिकामा खबर छ । दुई नेताबीच मधेसी मोर्चासँग पनि केही दिनभित्रै वार्ता गर्ने सहमति भएको छ । देउवा भारत भ्रमणमा जानुअघि मोर्चासँग छलफल गर्ने तयारी छ । देउवा १९ कात्तिकमा भारत भ्रमणमा जादै छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com