Follow @khasokhasmag

भारतीय राष्ट्रपतिलाई स्वागत गर्न राष्ट्रपति भण्डारी विमानस्थलमै पुग्ने


प्रकाशित मिति : कार्तिक १३, २०७३ शनिबार

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई विमानस्थलमै पुगेर स्वागत गर्ने भएकी छन् । छिमेकी मित्रराष्ट्र भारतबाट लामो समयपछि हुन लागेको यो भ्रमणलाई उच्च प्राथमिकतामा राखी राष्ट्रपति आफैं विमानस्थल पुगेर स्वागत गर्ने भएकी छिन् ।

शीतल निवास स्रोतका अनुसार राष्ट्रपति भण्डारी भारतीय समकक्षी मुखर्जीको स्वागत र बिदाई दुबैमा विमानस्थलमै पुग्ने कार्यक्रम तय भएको छ । भ्रमणलाई विशेष महत्व दिदैं सरकारकै आग्रहमा राष्ट्रपति भण्डारीले स्वागत र बिदाई गर्न लागेको स्रोतले बतायो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com