फोटोपत्रकार पूर्णिमाको सफल सगरमाथा आरोहण


प्रकाशित मिति : जेष्ठ ५, २०७५ शनिबार

काठमाडौ, फोटोपत्रकार गोरखाकी पूर्णिमा श्रेष्ठले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । उनका आफन्तले बताए अनुसार शनिवार र बिहान ८ बजेर १० मिनेटमा ८,८४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा पाइला टेकेर फर्किएकी छिन् ।

सगरमाथाको सफल आरोहण गर्ने उनी पहिलो फोटो पत्रकार हुन् । फोटो पत्रकार भएकाले सगरमाथाको बेसक्याम्पदेखि सगरमाथाको चुचुरोसम्म मुस्कुराइरहेका नेपाली महिलाको फोटो प्रदर्शनी गर्ने उनको लक्ष्य पुरा गरेकी छन् ।

गत भदौ महिनामा ८,१६३ मिटर अग्लो मनास्लु हिमालको आरोहण गरिसकेकी श्रेष्ठले सरमाथाको शिखरमा आमाको तस्बिर राख्ने योजना समेत पूरा गरेको फोटो पत्रकार क्लबका प्रवक्ता दिपेश श्रेष्ठले जानकारी दिएका छन् ।
२८ वर्षकी पुर्णिमाको घर गोरखाको आरूघाट गाँउँपालिका ९ आरूटार हो । उनी अहिले बेस क्याम्पमा छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com