डिभीको लागि छनौट हुनुभएन ? कन्फर्मेशन नम्बर नफ्याक्नुहोस्

सन् २०१९ को डिभी लोटरीका लागि छनौट भए नभएको चेक गर्दा छनौट नभएको विवरण प्राप्त गरेपनि आफ्नो कन्फर्मेशन नम्बर सन् २०१९ को सेप्टेम्बर ३० सम्म आफैसँग राख्नुपर्छ । आफूलाई डिभी लोटरी परे नपरेको कुरा आगामी सेप्टेम्बर सम्म पनि चेक गर्न सकिने भएकाले कन्फर्मेशन नम्बर नफ्याक्न सुझाव दिइएको हो ।

सन् २०१८ मे १५ देखि  ई–डिभीको वेबसाइटमा उपलब्ध एन्ट्रेन्ट स्टेटस चेक हेर्न सक्नुहुन्छ । एन्ट्रेन्ट स्टेटस चेक मार्फत मात्र तपाईँलै आफू छनोट भए नभएको थाहा पाउन सक्नुहुन्छ । त्यसमा भिसा आवेदन तथा आप्रवासी भिसाको लागि अन्तर्वार्ता मिति र समयबारे थप जानकारी समेत दिइएको हुन्छ ।

डिभी लोटरी परे नपरेको थाहा पाउनका लागि यहाँ क्लिक गरेर आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्मेको बर्ष हाल्नुहोला । 

कुनै पनि अध्यावधिक जानकारीका लागि आफ्नो कन्फर्मेशन नम्बर २०१९ सेप्टेम्बर ३० सम्म राखिरहनुहोस् ।

अमेरिकी कङ्ग्रेसको कार्यादेश प्राप्त डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम अमेरिकी विदेश मन्त्रालयले वार्षिक रूपमा सञ्चालन गर्ने गर्दछ । आप्रवासन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २०३(सी) ले ऐतिहासिक रूपमा कम दरमा संयुक्त राज्य अमेरिका आप्रवासन गर्ने देशका व्यक्तिहरूलाई “डाइभर्सिटी आप्रवासी” का रूपमा एक वर्गको हैसियत प्रदान गर्ने व्यवस्था गरेको छ । चिठ्ठा पर्ने आवेदकहरू (“विजेताहरू”) ले डिभी कार्यक्रमका लागि योग्य हुनका निम्ति सरल तर कडा योग्यताका मापदण्डहरू पूरा गर्नुपर्छ ।  भिसाहरू छ भौगोलिक क्षेत्रमा वितरण गरिन्छ र हरेक क्षेत्रमा कुनै पनि एक देशले कुनै पनि एक वर्षमा उपलब्ध हुने डिभीको सात प्रतिशत सङ्ख्याभन्दा बढी भिसा प्राप्त गर्ने छैन ।

डिभी लोटरी परे नपरेको थाहा पाउनका लागि www.dvlottery.state.gov मा गई “एन्ट्रेन्ट स्टेटस चेक” (Entrant Status Check) मा क्लिक गरी आफ्नो युनिक कन्फर्मेशन नम्बर र व्यक्तिगत जानकारी हाल्नुहोस्। तपाईँंले आफू डिभीका लागि छनोट भए नभएको पत्ता लगाउन र आफ्नो आप्रवासी भिसा अन्तर्वार्ता अपोइन्टमेन्ट मिति चेक गर्नका लागि एन्ट्रेन्ट स्टेटस चेक प्रयोग गर्नु पर्दछ । अमेरिकी सरकारले तपाईँलाई प्रत्यक्ष रूपमा सूचित गर्दैन । एन्ट्रेन्ट स्टेटस चेक आफ्नो आवेदनको प्रक्रिया कसरी अगाडि बढाउने भन्ने निर्देशनहरूको एक मात्र स्रोत हो ।

मङ्लबार, जेष्ठ १, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री