आमाबारे नेपालीको सहभागितामा डिसीमा नौलो कार्यक्रम, वासिंटन टाइम्सका अध्यक्ष प्रमुख अतिथि


प्रकाशित मिति : बैशाख ३१, २०७५ सोमबार

अमेरिकामा आमा दिवशको पवित्र दिन मे १३ तारिखमा नयाँ बिषयमा पहिलो पटक अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटीले युनिभर्सल पिस फेडेरेशन सँग मिलेर एउटा बिशेष र नौलो स्वाद र अत्यन्त समसामयिक विषयको कार्यक्रम सम्पन्न गरेका छन् । आमा, दाम्पत्य जीवन, वैवाहिक जीवनको सफलता, पारिवारिक मूल्य मान्यता, नैतिकता र शान्तिका विषयमा आयोजित यस्तो कार्यक्रम अमेरिकामा यस अघि नेपाली समुदायमा कहिलै भएको थिएन ।

बाल्मिकी क्याम्पसका पूर्व क्यापस प्रमुख, अमेरिकाको भर्जिनियामा रहेको प्रसिद्ध तीर्थस्थल राजधानी मन्दिरका पूजारी प्राध्यापक पण्डित मोतिलाल शर्माले हिन्दु विधि अनुसार दीप प्रज्वलन, स्वस्ति वाचन र शङ्ख उदघोसका साथ सुरु गर्नुभएको थियो उक्त कार्यक्रम ।

संसार प्रसिद्ध द वासिंटन टाइम्सकाका अध्यक्ष तथा युनिभर्सल पिस फेडेरेशनका अन्तर्राष्ट्रिय अध्यक्ष थोमस म्याकडेभिडको प्रमुख आतिथ्य र वहाँलेनै आमा दिवस, विश्व शान्ति, वैवाहिक जीवनको सफलता, पारिवारिक मूल्य मान्यता, नैतिकतामा आधारित अत्यन्त व्यवहारिक, मन छुने कार्यपत्र पेस गर्नु भएको उक्त विशेष कार्यक्रम मनाससको बेस्ट वेष्टर्न होटेलमा अत्यन्त भव्यताका साथ सम्पन्न भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केही अमेरिकी विशेष पाहुनाहरूको साथमा कार्यक्रममा अमेरिका र अन्य देशका गरी केही अन्तर्राष्ट्रिय व्यक्तित्वहरू पनि सहभागी हुनुभएको थियो । उक्त कार्यक्रममा नेपाली समाजका थुप्रै अगुवाहरु पनि सहभागी हुनुहुन्थ्यो । सो अवसरमा नेपाली संस्कृति झल्किने गरी सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो जहाँ रामप्रसाद खनालले आमासँग सम्बन्धित मुटु छुने गीत गाउनु भएको थियो भने अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका केन्द्रीय सदस्य एवम् प्रसिद्ध कलाकारहरू नवीन केसी, लुना श्रेष्ठ, बिना घर्तिमगर, क्षितिज न्यौपाने, मनीषा प्रसाई र सुस्मा खनालका आकर्षक नाचहरू प्रस्तुत गरिएका थिए ।

नेपाली पोसाकमा समेत छाँटिएका र अन्य व्यक्तित्वहरूको बाक्लो उपस्थितिमा कार्यपत्र पेस गर्दै थोमस म्याकडेभिडले आमा, दाम्पत्य जीवन, वैवाहिक जीवनको सफलता, पारिवारिक मूल्य मान्यता, नैतिकता र शान्तिका विषयमा कार्यपत्र पेस गर्दै दाम्पत्य जीवनमा समस्या आउँदा आज संसार भर धेरै कुरामा समस्या आइरहेको बताउनुभयो । वहाँको कार्यपत्रले अनुशासन, पारिवारिक महत्त्व, सुखद दाम्पत्य जीवन नै शान्तिको मूल आधार हुन सक्ने कुरा जोड दिइरहेको थियो जुन नेपाल र नेपाली सँग पुरा मेला खाने प्रकारको भएकोले सहभागीहरूले अमेरिकामा पनि यस्तो हुने रहेछ है भन्दै तारिफ गर्दै थिए ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष एवम् लोकगीत तथा दोहोरी गीत र सङ्गीत क्षेत्रकाका हस्ती रामप्रसाद खनालले अध्यक्षको आसनबाट मन्तव्य राख्दै आमा, दाम्पत्य जीवन, वैवाहिक जीवनको सफलता, पारिवारिक मूल्य मान्यता, नैतिकता र शान्तिका विषयमा आयोजित यस्तो कार्यक्रम अमेरिकामा यस अघि नेपाली समुदायमा नभएको र यो नै पहिलो हो भन्नुभयो । युनिभर्सल पिस फेडेरेशनका शान्ति राजदूत समेत रहेका आयोजक खनालले आमा धर्ती हुन, आकाश हुन, सबै हुन भन्नु भयो । वहाँले दाम्पत्य जीवन सफल नभए डिभोर्स हुने, परिवारको बिचल्ली हुने, छोराछोरीहरू आमा बाबुको डिभोर्स पछि डिप्रेशनमा जाने, लागु औषध दुर्ब्यशनी बन्ने, अपराध र खराब कर्ममा लाग्ने गरेको देखिएको भन्दै अनुशासन, पारिवारिक महत्त्व, सुखद दाम्पत्य जीवन, पारिवारिक जीवनले नै शान्तिको लागि प्रभाव पार्न सक्ने भएकोले हरेक हरेक व्यक्ति र समुदाय चनाखो हुनुपर्ने बताउनुभयो ।

युनिभर्सल पिस फेडेरेशन अमेरिकाका का हस्तीहरू युजी याकोयामा र साचिको याकोयामा ले पारिवारिक सुखशान्ति, सुखद दाम्पत्य जीवन, शान्ति र अहिंसाका लागि टोस्ट प्रस्ताव गर्नुहुँदा सबै सहभागीले साथ दिएका थिए ।

आयोजक संस्था मध्येको एक अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो कमिटीका महासचिव भूपनारायण घर्तिमगर र सल्लाहकार मन थापा मगरले संयुक्त रूपमा सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा अमेरिकामा सम्पन्न गरिने अरू कार्यक्रम भन्दा व्यवस्थित, नौलो अनुभवको कार्यक्रम थियो जसलाई सहभागीले भन्दै थिए – ‘यस्तो पो कार्यक्रम न आएको भए मैले पछुताउनुपर्ने रहेछ , धन्न आएँछु ।’

सहभागीहरूले यस्ता कार्यक्रमहरू आयोजना गरिरहन आयोजकहरूलाई सुझाउँदै थिए ।

उक्त कार्यक्रमको समाप्ति अघि आमाहरूको सम्मानमा उपस्थित आमाहरू दिदी बहिनीहरू बाटै आमा दिवस विशेष केक काटिएका थिए । अन्त्यमा शान्ति रात्रीभोज पनि आयोजना गरिएको थियो ।

महासचिव घर्तिमगरले नेपाली भाषा ,साहित्य, कला तथा संस्कृतिको संरक्षण, सम्वर्द्धन तथा विकास गर्दै अमेरिकी समाज र अन्तर्राष्ट्रिय संस्थाहरू सँग हातेमालो गरी अमेरिकी समाजमा चिनाउँदै समाजको अभिन्न अङ्ग बनाउने तपाईँ हाम्रो प्रयास, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो कमिटी र अन्तर्राष्ट्रिय कलाकार मञ्च दुवै संस्थाका प्रयास, सँगसँगै बिश्वशान्तिका निम्ति कार्यरत युनिभर्सल पिस फेडेरेशनसँगसँग सम्बन्ध राख्ने गरी आमा दिवसको उपलक्ष्यमा आमा दिवस, विश्व शान्ति, वैवाहिक जीवनको सफलता, पारिवारिक मूल्य मान्यता, नैतिकता जस्ता अति महत्त्वपूर्ण विषयमा केन्द्रित भई गरिएको यो कार्यक्रम नयाँ प्रयोग भएको र सफल रहेको बताउनुभयो ।

कार्यक्रमको शुरुमा अनेसास डिसीका पदाधिकारी तथा सस्यहरु पुस्कर पन्त, सँगीता पन्त, शकुन्तला अधिकारी, लोक कुमारी सुबेदी, गोमा न्यौपाने, सुजना ढकाल लगायतले अतिथिहरुलाई स्वागत गर्नुभएको थियो भने बिमला निरौलाले अतिथिहरुलाई खादा ओढाएर सम्मान गर्नुभएको थियो ।

स्मरण रहोस्   युनिभर्सल पिस फेडेरेशनसँग मिलेर अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो कमिटीले संयुक्त रूपमा कार्यक्रम आयोजना गरे त्यो संस्था संसारका १८० देश मा शान्तिका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था हो जसमा संयुक्त राष्ट्र सङ्घका महासचिव देखी विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू देखी सबै खाले धर्मका धर्म गुरुहरू, सामाजिक अभियन्ताहरु, कलाकार, पत्रकार, खेलाडी, प्रबुद्ध वर्ग सबै सम्मिलित हुन्छन, भएकाछन र सबै त्यहाँ अटाएकाछन । जसको प्रमुख उद्देश्य परिवार, समाज, देश र विश्वमै शान्ति स्थापना हो ।

तस्विर र समाचार श्रोत : नेपालमदर डटकम

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com